बारा । ट्राफिक सप्ताहको क्रममा दोस्रोदिन बाराको सिमरामा विद्यार्थी संयमसेवकको टोली सहित पर्चा वितरण तथा सचेत कार्याक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराको कार्यक्रम अनुसार विहिवार देखि सुरु भएको सप्तहको दोश्रो दिन शुक्रबार सिमरामा विद्यार्थीहरुलाई संयमसेवको रुपमा खटाई पर्चा वितरण गरिएको थियो ।
त्यस्तै कार्यक्रममा सचेतनाको कार्यक्रमहरु पनि गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका ईन्चार्ज रामकुमार महतोले बताए । कार्यक्रममा अत्यादिक भिँडभाँड र असहज स्थानमा जेब्रा क्रसिङबाट पैदल यात्रीहरु कसरी हिडने बारेमा जानकारी गराईएको थियो ।

विहिवार देखि मधेश प्रदेश भरीनै ट्राफिक सप्ताह सुरु गरिएको छ । त्यस्तै शनिबार तेस्रो दिन बजार एरिया तथा चोकहरुमा जिङ्गल बजाउने, ट्राफिक सचेतना सम्बन्धी स्टिकर टास्ने, ट्राफिक नियम उलंघन गर्ने चालक पैदल यात्रु बिशेष गरि मोटरसाईकलमा ३ जना सवार हेल्मेट प्रयोग नगर्ने चालकहरुलाई सम्झाई बुझाई गर्ने र पर्चा पमप्लेट वितरणलगायतका कार्य तालिका रहेको ट्राफिक इन्चार्ज महतोले बताए ।
यस अघि विहिबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेले ट्राफिक सप्तहको उदघाटन गरेका थिए । सप्ताह कार्यक्रम असार १२ गते सम्म बिभिन्न कार्यक्रमको आयोजना गरेर मनाईने ट्राफिक इन्चार्ज महतोले जानकारी दिए ।





















Discussion about this post