बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले सो वडामा रहेका क्लबहरुलाई शुक्रबार खेलकुद सामग्री वितरण गरेको छ ।
चालु आर्थिक वर्षको लक्षित वर्ग कार्यक्रम अन्तर्गत वडा कार्यालयले ३ वटा क्लबका खेलाडीलाई खेलकुद सामग्री वितरण गरेको हो । वडा नम्बर ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगरले स्थानीय खेलाडीहरुलाई खेलकुदका सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

हरेक टिमलाई १६ जोर जर्सी, अवश्यक्ता अनुसारको फुटबल र एक/एक जोर किपरले प्रयोग गर्ने पञ्जा वितरण गरिएको हो । त्यस्तै वडामा रहेको निजगढ क्रीकेट क्लबलाई ब्याट र बलिङ्ग बललगायत सामग्रीहरु वितरण गरेको छ । लाभ लिने क्लबहरु न्यु जनजागृती युवा क्लब, निजगढ सिटी युवा क्लब र निजगढ क्रीकेट क्लबरहेका छन ।
त्यस्तै विद्यार्थिहरुलाई बाल खेलकुदका सामग्री सार्वजनिक माविका र नजजागृती आधारभूत विद्यालयलाई पनि बालविकास खेलकुद सामग्री वितरण गरेका थिए ।
वडा कार्यालय स्थित वडाको सभा हलमा आयोजना भएको खेल सामग्री वितरण कार्यक्रममा वडाका वडा सदस्यहरु आशा चौलागाईं, सविता दर्जी, कुँजरमणी सापकोटा, लिलानाथ गौतम, वडा सचीव धर्मराज लामिछाने, सार्वजनिक माविका विविस अध्यक्ष दुर्गा गौतम, जनजागृती आविका विविस अध्यक्ष भोलाप्रसाद ढुंगानालगायतका समाजसेवी बुद्धिजीवी स्थानीयलगायतको उपस्थिति रहेको थियो ।





















Discussion about this post