बारा । राष्ट्रिय स्वतन्त्र पार्टीले आफनो दोस्रो स्थापना दिवसको अवसर पारेर बाराको निजगढ नगरपालिका वडा नम्बर ९ वाक्यश्वर मन्दिर परिसरमा विभिन्न जातका वृक्षरोपण तथा सरसफाइ गरेको छ । असार १ गते देखि साताव्यापी कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको रास्वपा निजगढले शुक्रबार विहान उक्त ठाउँमा वृक्षरोपण गरेको हो ।
पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत वातावरणको संरक्षण गर्दै पर्यावरणलाई सन्तुलन राख्ने उद्देश्यले निजगढको धार्मिक स्थल वाक्यश्वर मन्दिर र बकैया खोलाको किनारामा सो वृक्षरोपण तथा सरसफाइ गरिएको रास्वपा निजगढ नगर सभापतिले बताए ।
रास्वपा निजगढले आयोजना गरेको कार्यक्रममा सभापति खरेलले पार्टीले अगाडि सारेका नीति तथा कार्यक्रमलाई दुरदराजमा रहेका गाउँ तथा टोल टोलमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
साताव्यापी वार्षिकोत्सवका कार्यक्रम अन्तर्गत निजगढ नगरभित्रका वडाहरूमा खेलकुद र सरसफाइका कार्यक्रमहरु सम्पन्न भइसकेका छन् ।
असार १ गतेबाट सुरु भएको अभियान शुक्रवार ७ गते पार्टीले वृक्षरोपण र सरसफाइसहित स्थापना दिवसका कार्यक्रम समापन गरिएको छ । कार्यक्रममा रास्वपा निजगढ नगर कमिटीका पदाधिकारीलगायत विभिन्न समर्थकहरुको उपस्थिति रहेको थियो ।





















Discussion about this post