बसन्त लामा/सिगौल । बाराको निजगढ नगरपालिका वडा नम्बर २ स्थित पुर्व खानेपानी मन्त्री उमाकान्त चौधरीद्वारा खानेपानीको ओभरहेड ट्याङ्की शिलान्यास गरिएकोछ ।
सिंगौल वडा नम्बर २ को अस्थाई प्रहरी पोष्ट नजिकै निर्माण भैरहेको २ लाख २५ हजार लिटरको ट्याङकी ओभरहेडको बुधवार शिलान्यास गरिएको हो ।
वडा नम्बर २ को कार्वाहक वडा अध्यक्ष पुस्कर खडकाको अध्यक्षतामा ओभरहेड ट्याङकिको शिलान्या कार्यक्रमा भएकोछ । पुर्व खानेपानी मन्त्री उमाकान्त चौधरीको प्रमुख आतिथ्यतामा हिन्दु धर्मको परमपरा अनुसार पूजापाठगरी शिलान्यास गरिएको हो ।
सिंगौल खानेपानि उपभोक्ता समितीको आयोजनामा वडा नम्बर २ को सभाहलमा एक कार्यक्रम गरेर शिलान्यास गरिएको आयोजना गरिएको थियो ।
शिलान्यास कार्यक्रमालाई सम्बोदन गर्दै पुर्व मन्त्री चौधरीले “नेपाली कांग्रेस पार्टी भित्रमा किचलोका कारण निर्वाचनमा पराजित भएको र आउदो निर्वाचनमा कुनै पनि दल संग गठबन्धन नगरी एकलै निर्वाचन जाने कांग्रेस चारतारे झण्डा फहराईने बताए ।
कार्यक्रममा पुर्व मन्त्री कलावती पासवान, प्रदेश सभा सदस्य मिना लामा, नेपाली कांग्रेस जिल्ला उपसभापति मनोज भट्ट, जिल्ला सभापति प्रत्यासी एव महाधिवेशन सदस्य सम्भु बहादुर बुढाथोकी, निजगढ नगरपालिकाको पुर्व मेयर सुरेशकुमार खनाल, जिल्ला कोषाअध्यक्ष बासु चौधरी, नेपाली कांग्रेस निजगढ नगर समितीका नगर सभापति नवराज तिमल्सिना, सिगौल वडा नम्बर २ को वडा सभापति हेमबहादुर बिष्ट, वडा नम्बर १ को सभापति बुद्ध लोप्चन, मान बहादुर डासेली, वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चनलगायतका सहभागी रहेका थिए ।
उमाकान्त चौधरी खानेपानीको मन्त्री भैरहदा ७४ सालमा भएको प्रत्यक्ष निर्वाचनबाट निर्वाचित सिंगौल वडा नम्बर २ को वडा अध्यक्ष राजु श्रेष्ट (राजन) को पहलमा एउटा डिपबोरिङ र ओभरहेडट्याङकीको प्रस्ताव भएको थियो ।बसोहि प्रस्तावलाई मध्यनजर गर्दै खानेपानी मन्त्रालयबाट डिपबोरिङ र ओभरहेड ट्याङकीको लागि ८१ लाख बिनियोजन गरेको थियो ।
हालसम्म सिगौल वडा नम्बर २ र ३ को अधिकास स्थानीयले स्वच्छ खानेपानीको समस्या झेल्दै आइरहेकोमा अब
ओभरहेड ट्याङकि निर्माण सम्पन्न पछिसम्म जनताले स्वच्छ पानी पाउने भएको छ । निर्माण केहि समय लाग्ने भए पनि ट्याङकी सम्पन्न पछी सिंगौल वडा नम्बर २ र ३ को स्थानीयले स्वच्छ खानेपानी पिउन पाउने भएकोछ ।
त्यस्तै उमाकान्त मन्त्री हुदा वडा नम्बर १ को वडा अध्यक्ष मंगले लोप्चनको पहलमा सिंगौल वडा नम्बर १ मा २ वटा ओभरहेड ट्याङकी सम्पन्न भएको थियो । शिलान्यास कार्यक्रममा स्वागत मनतव्य भने राजु श्रेष्टले गरेका थिए ।





















Discussion about this post