साथी नेपालका अध्यक्ष सापकोटाद्वारा विद्यालयलाई पंखा वितरण

406
SHARES
534
VIEWS

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ५ खोल्मोटोल स्थित श्री जनजागृती आधारभूत विद्यालयलाई श्री साथी नेपालका अध्यक्ष सरिता सापकोटाद्वारा ८ थान सिलिङ पंखा र २ थान वाल पंखा वितरण गरेकी छिन । अध्यक्ष सापकोटाले बढ्दो गर्मीलाई मध्यनजर गर्दै उक्त पंखा वितरण गरेकी हुन । गत महिना देखि तराईका जिल्लाहरु चर्को गर्मीका कारण जनजीवन प्रभावित भैइरहेको छ । गर्मीको कारण विद्यालयमा पठनपाठनमा हुन पुगेको असहजतालाई सहजता भन्दै अध्यक्ष सापकोटाले पंखा वितरण गरेको बताईन । कार्यक्रममा निजगढ निजगढ नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष सुर्य बहादुर थापा मगर, न्यु जनजागृती युवा क्लबका अध्यक्ष विजय तिमल्सिना, विद्यालय विद्यालय व्यवस्थापन समिति र अक्षय कोष दाता गोपाल सापकोटालगायतको उपस्थिति रहेको थियो । त्यस्तैगरी विद्यालयका सहायक प्रधानाध्यापक संजय तिमल्सिनाले धन्यवाद सहित यस चर्को गर्मीमा पङ्खा वितरणले विद्यालयको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुगेको विद्यालयका सहायक तिमल्सिनाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित