दलित र अदिवासी महिलाहरु पछी पर्नु हुन्न : कार्यपालिका सदस्य पवित्र सुनार

445
SHARES
586
VIEWS

उमेश घलान/रतनपुर । निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य पवित्र सुनारले दलित र अदिवासी महिलाहरु दृढताका साथ आगाडी बढ्नु पर्ने बताएकी छिन । सुनारले आफू राज्यको अंग कार्यपालिका सदस्य सम्म पुगेकि र म जस्तै अन्य महिलाहरुले पनि नेतृत्व लिनु पर्ने बताईन । उनले “शस्त्र जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन र २०७४ को संविधानले महिलालाई ३३ प्रतिशत आधिकार दिएको छ । संविधानले दिएको आधिकार पनि हामी महिलाहरु क्षमता विकासको कमिअकमजरीले पछि परेको छ । अब आगाडी बढ्नुको विकल्प छैन ।” उनले भने । निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालमा एकता नेपालको आयोजनामा ८ दिने महिला नेतृत्व तथा क्षमता विकास तालिममाको उदघाट्न गर्दै कार्यपालिका सदस्य सुनारले यस्तो बताएकी छिन । एकता नेपालको क्षमता विकास तालिम सोमबार देखि सुरु भएको छ । आफ्नो प्रस्तुतिलाई प्रस्फुटन गर्न नसकेर पछि परेका महिलाहरुलाई सक्षम गराउने उद्देश्यले निजगढ  नगरपालिकाको कार्यपालिका लक्षित वर्ग कोषबाट एकता नेपालले सो तालिमको आयोजना गरेको हो ।
विशेष गरेर दलित आदिवासी जनजाती  महिलाहरुलाई लक्षित गरी सञ्चालिन गरिएको ८ दिने तालिममा संविधान प्रदत्त महिला अधिकारहरु , नेतृत्व विकास , उद्घोषण, भाषणकला , महिलाका कानुनी अधिकारहरु , घरेलु हिंसा , यौनजन्य दुरव्यवहार , सामाजिक कुरीति, स्थानिय तहका काम , कर्तव्य र अधिकार , माइन्यूट लेखन , न्यायीक समितिका काम, कर्तव्य र अधिकार , लैङ्गिक उत्तरदायित्व लगायतका विषयमा रेश्मी लामिछाने दंगालले प्रशिक्षण दिने छिन । उक्त तालिममा निजगढ नगरपालिका वडा नम्बर १३ वडाका आदिवासी जनजाति महिला  र दलित महिलाहरु लाभान्वित हुने छिन । एकता नेपाल संस्थाकी अध्यक्ष धनमाया घलानको अध्यक्षतामा भएको उक्त तालिमको प्रमुख अतिथि भमे निजगढ नगरकार्यपालिका सदस्य पवित्र सुनारले व्यापार पढेर उदघाटन गरेकी थिइन । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ का कार्यबाहक वडा अध्यक्ष दिपक न्यौपाने, वडा सदस्य फुलमाया स्याङ्तानलगायतले कार्यक्रमको बारेमा बोलेका थिए। तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई कार्यक्रममा तालिमको  प्रमाण पत्र समेत वितरण गरिनेछ । महिलाहरुलाई राज्यका हरेक निकायमा सक्षम , सबल र सशक्त बनाउनका लागि आफूहरुले नेतृत्व विकास तालिम सञ्चालन गरेको एकता नेपालका अध्यक्ष  धनमाया घलानको भनाई रहेकी थिईए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित