बसन्त लामा/सिंगौल । बाराको निजगढ नगरपालिका वडा नम्बर २ स्थित सभाहलमा १५ दिने सयपत्री फुलखेति सम्बन्धित तालिम सुरु भएकोछ ।
सयपत्री फुलखेति सम्बन्धित १५ दिने तालिम निजगढ क्रियटिभ स्कील डेभलभमेन्ट प्रालिका हरि गौतमको अध्यक्षतामा भएको सो उदघाटनमा निजगढ नगरपालिका प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि पुरीले फुलको गमलामा जल सिन्चितगरि तालिम उदघाटन गरेका थिए । प्रभावशालि र दक्ष जनशक्ति समृद्ध राष्ट निर्माणको आधार भन्ने नारा सहित कार्यपालिका लक्षित कोष अन्तर्गत निजगढ क्रियटिभ स्कील डेभलभमेन्ट प्रा.ली को आयोजना र सहयोगी निजगढ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले तालिम संचालन गरेको हो ।
कार्यक्रमाबिशिष्ट अतिथि वडा नम्बर १ का वडा अध्यक्ष मंगले लोप्चन विशिष्ट अतिथि निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य सर्मिला वि.क. त्यसतै १ नम्बर वडा सदस्य कन्तलाल धामी, हरिवहादुर थापा, राधिका राई, विष्णुमाया वि.क. रहेका थिए ।
निजगढ नगरपालिकाको नगर कार्यपालिका सदस्य फुलमाया घलान लोप्चनको पहलमा ८०/८१ को विनियोजित २ लाखको लागतमा १५ दिने सयपत्री फुलखेति तालिम संचालन हुन गैइरहेको छ । १५ दिन सम्म चल्ने तालिममा प्रमुख प्रशिक्षक नेपाल सयपत्री फुल उत्पादक संघ केन्द्रीय कार्यालय काठमाण्डौको वाल कृष्ण चौलागाई र सहायक प्रशिक्षक विवेक वाइवाले प्रशिक्षण दिने छन । कार्यक्रममा स्वागत मनतव्य वडा नम्बर १ नमुना बस्ती निवासी समाजसेवी संजिव लोप्चनले गरेका थिए भने कार्यक्रम संचालन क्रियटिभ स्कील डेभलभमेन्ट प्रालिका प्रमुख बलराम खडकाले गरेका थिए ।
तालिममा सिगौल क्षेत्रका तिनै वडाबाट ३० जना महिलाहरुले सहभागिता जनाएकाछन ।
केहि समय पहिलेनै निजगढ नगरपालिकाको नगर कार्यपालिकाको बैठकले कार्यक्रमा हुदा खादा र व्याज लगाउने प्रथाको अन्त्यगर्न घोषणा गरेको थियो । तर यसकार्यक्रमाबाट सिकेको सिप सहि ठाउमा प्रयोग गर्ने हो भने बेरोजगारी रहेको महिलाको समस्या केहिमात्रामा अन्त्य हुने प्रमुख अतिथि पुरीको भनाई रहेका थिए ।





















Discussion about this post