बारा । मेचिमहाकाली बुहारी संयुक्त आवाजद्वारा महिला हिंसा न्युनीकरण सम्बन्धि ७ दिने कार्यक्रम सम्पन्न भएको छ । बाराको निजगढ नगरपालिका वडा नम्बर २ सिङ्गौलको सामुदायिक भवन परिसरमा सो तालिम संचालन भएको हो ।
निजगढ नगरपालिकाको आर्थिक सहयोगमा कार्यपालिका सदस्य लक्षित वर्ग कोष अन्तरगतको बजेटबाट सो तालिम आयोजना गरिएको थियो । “महिला तथा बालबालिकाको हिंसा विरुद्धको हाम्रो अभियान” भन्ने नाराका साथ गतबआईतवारबाट उदघाटन भएको थियो ।
सहभागी महिलाहरुलाई रेश्मी लामिछाने दंगालले प्रशिक्षण दिईएकी थिइन । आयोजक संस्थाकी अध्यक्ष चन्द्रीका कुमारी निजगढ वडा नम्बर २ का वडा अध्यक्ष पुस्कल खड्काले प्रमुख अतिथिको ग्रहण गरेका थिए । कार्यक्रममा विशिष्ट र अतिथिहरु निजगढ नगरपालिका कार्यपालिका सदस्य मानबहादुर डसेली, अरुण वि.क. मिना चौरेल, शर्मिला वि.क. फुलमाया घलान वडा सदस्यहरूलगायतको सहभागीता रहेका थिए । संस्थाकी सचीव उषा थापा मोक्तानले स्वागत गरेकी सो कार्यक्रमका संचालन भने सस्थाकी उपाध्यक्ष सगुन लामाले गरेकी थिइन ।





















Discussion about this post