बारा । विश्व वातावरण दिवसको अवसरमा सिर्जनशील सामुदायिक वन क्षेत्रमा १५० विभिन्न प्रजातीको वृक्षारोपण गरेको छ।
निजगढ नगरपालिकाको आयोजनामा उक्त विभिन्न जातका वृक्षारोपण गर्ने कार्य भएको हो । `हाम्रो भुमि, हाम्रो भविष्य´ नारा सहित विश्व वातावरण दिवसको अवसरमा गरिएका विभिन्न रचनात्मक कार्यक्रम अन्तर्गत निजगढ वडा नम्बर ६ को रमणीय स्थान समेत रहेकोक्षेत्रको वनमा वृक्षरोपण गर्ने कार्य भएको हो ।

सो सामुदायिक वनलाई हराबरा बनाउने उदेश्यका साथ दुई वर्षदेखि सो वनमा वृक्षारोपण गर्ने कार्य हुने गरेको वन समुहका अध्यक्ष कुशबहादुर थापाले बताए । निजगढ नगरपालिका वन अधिकृत शाखा कार्यालयले उपलब्ध गराएर विजय (आरु प्रजातिको बिरुवा) तथा मलेसियान सालका बिरुवाहरु लगाउने कार्य भएको हो ।

वृक्षारोपण कार्यक्रमको शुभाकामना दिदै सामुदायिक वन महासंघ जिल्ला अध्यक्ष रामजी बजगाईले अब दिवसमा मात्र नभई प्रत्येक ब्यक्तिले रुख लगाउने अभियान सञ्चालन गर्नुपर्ने बताए ।
विनास हुँदै गएको जंगलको संरक्षण गर्नु र खाली खाली स्थानमा नयाँ बिरुवा लगउने कार्यले नयाँ सन्ततिलाई सहज हुने बताउँदै उनले वातावरण स्वच्छ राख्न पनि यसबाट फाईदा हुने बताए ।

गतवर्ष लगाएका बिरुवा राम्ररी हुर्काउन सामुदायिक वन सफल भएको बेला यसवर्ष पनि खाली क्षेत्रमा थप बिरुवा लगाउने कार्य भएको थियो ।
कार्यक्रममा फेकोफन अध्यक्ष बजगाईले एक बोट लगाउँदै अब सबैमा यस्तो भावना जागृत हुनु आवश्यक रहेको बताए ।
वृक्षारोपण कार्यक्रममा निजगढ नगरपालिका वन उपशाखाका प्रमुख अनिल कोइराला, फेकोफन बाराका उपाध्यक्ष बासुदेव तिमल्सिना, फेकोफन तथा सिर्जनशील सामुदायिक वन अध्यक्ष कुशबहादुर थापा, वाघभैरव सा.वनका अध्यक्ष अमरलाल सिंतान, रामलाल सिङतान, जनहित सा.वनकी अध्यक्ष चन्द्रीकाकुमारी मगर, नेत्रकुमारी थापा, जनजागृती सा.वनका अध्यक्ष जयप्रसाद ढुंगाना, बकैया नागमणी सा.वनका अध्यक्ष रामप्रसाद ओझा, जनज्योति सा.वनका अध्यक्ष खड्का लामा, सदाबहार सा.वनका अध्यक्ष रामप्रसाद पाण्डे सिर्जनशील सा.वन सदस्य माधव रिमाललगायतको सहभागीता रहेको थियो।
नयाँ लगाईएका बिरुवाको जगेर्ना र हुर्काउने बढाउने कामको जिम्मा सिर्जनशील सामुदायिक वनले लिएको छ ।
कार्यक्रम निजगढ नगरपालिका वन तथा वातावरण शाखाले आयोजना गरेका थिए।






















Discussion about this post