नेपाल पत्रकार महासंघको चुनाव सार्ने तयारीमा    

382
SHARES
503
VIEWS

बारा । नेपाल पत्रकार महासंघको चुनाव यही जेठ २६ गते हुने भनिएपनि सदस्यता विवादका कारण केही दिन सर्ने भएको छ । मतदाता नामावलीका विषयमा उत्पन्न विवादका कारण २६ गतेको चुनाव सर्ने भएको हो ।
सोमबार बसेको केन्द्रीय समितिका  बैठकमा भएको छलफल अनुसार जेठ २६ गते हुने चुनाव सर्ने देखिएको छ । ‘केन्द्रीय समितिमा रहेका भूगोलका साथीहरुको विवाद समाधान नभएका कारण केही समयका लागि सार्ने हो कि भनी सुझाव दिइएको छ, मंगलबार पनि त्यस विषयमा छलफल गरीएको थियो । ‘मतदाता नामावलीमा लगभग सहमति भइसकेको छ, निर्वाचन समितिलाई नामावली बुझाउने सम्भावना छ ।’
जिल्लाबाट सर्वसम्मतिमा आएका नामावलीलाई यथावत् राख्ने र कुनै नाममाथि उजुरी परेको छ वा विवाद छ भने त्यसलाई महासंघले गठन गरेको समितिले सच्याएर निर्वाचन समितिलाई बुझाउने सहमति बनेको केन्द्रीय कार्यालयबाट बुझिएको छ । जेठ ३१ र ३२ गते तिर चुनाव हुने गरी कार्यतालिका बनाउने विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित