सत्यश्वर शिवशक्ति आ. वि.मा वडा कार्यालयद्वारा पंखा र मन्दिरमा बाद्यवादन सामग्री हस्तान्तरण

410
SHARES
540
VIEWS

बारा । निलजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा पंखा हस्तान्तरण गरिएको छ । निजगढ नगरपालिका वडा नम्बर ७ को सहयोगमा विद्यालयलाई पंखा हस्तान्तरण गरिएको हो । वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामाको नेतृत्वमा वडाका जनप्रतिनिले विद्यालयलाई ६ वटा वाल पंखा हस्तान्तरण गरेका थिए । वडा अध्यक्ष लामा सहित जनप्रतिनिधिले विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारलाई पंखा हस्तान्तरण गरेका हुन ।

विद्यालयमा कक्षा १ देखि ४ सम्मका विद्यार्थीहरु टिनको छाना भएको भवनमा अध्ययनरत रहेका र गर्मीका कारण पठनपाठनमा समस्या भैरहेको अवस्थामा विद्यालयलाई वडाको सहयोगमा पंखा हस्तान्तरण गरिएको वडा अध्यक्ष लामाले बताए ।
वडा कार्यालयले वडामा रहेको विद्यालयलाई सक्दो सहयोग गरीरहेको भन्दै विद्यालयको आवश्यक्ता र वडाको अवस्था अनुसार सहयोग अघि बढाउँदै लैजाने वडा अध्यक्ष लामाको भनाई छ । विद्यालयलाई पंखा सहयोग भएपछि विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने प्रधानाध्यापक उमेश कुमार स्वर्णकारको भनाई छ । आफुहरुले विद्यालयको भौतिक अवस्था सुधारका लागि विभिन्न निकायसंग समन्वय गर्दै अघि बढीरहेको उनको भनाई छ ।
पंखा हस्तान्तरण कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य भगवती घिमिरे, कविता लामा, शुभद्रा विक, विद्यालयका शिक्षक हरिशरण सुवेदी, किरण श्रेष्ठ, अम्बिका घिमिरे, कल्पना आचार्य, रुपेश भट्टराई शिक्षिका लगायतको सहभागिता रहेको थियो ।
यसैवीच वडा कार्यालयको सहयोगमा सत्यश्वर शिवशक्ति महादेव मन्दिरलाई बाद्यवादन र साउण्ड सिस्टम हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष लामा नेतृत्वको जनप्रतिनिधिको टोलीले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी उप्रेती, कृतन समितिका अध्यक्ष रामानन्द प्रसाद साह, सचिव मुकन्द पौडेल लगायतलाई हस्तान्तरण गरेको हो ।
यसैबीच सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा निरन्तर विद्यार्थी मूल्यांकनका लागि अभिमूखिकरण गरिएको छ । हालै नगरपालिकाले प्रदान गरेको ५ दिने तालिममा सहभागि शिक्षिका कल्पना आचार्य र अम्बिका घिमिरेले विद्यालयका अन्य शिक्षकशिक्षिकाहरुलाई निरन्तर विद्यार्थी मूल्यांकन गर्ने विषयमा जानकारी गराएका थिए । सो अवसरमा विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारले कक्षा १ देखि ३ सम्म पाठ्यक्रमले तोके अनुसार सबै शिक्षकलाई मूल्यांकन गर्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित