हावाहुरीले निजगढ नगर क्षेत्रमा धेरै  क्षति

510
SHARES
671
VIEWS

बारा । विहिवार अबेर साँझ आएको हावाहुरीले बाराको उत्तरी क्षेत्र निजग नगरपालिकामा क्षेत्रभित्र धेरै क्षति पुर्‍याएका छन् ।
धेरै जसो किसानहरुले लगाएको केरा, तरकारी खेती, मकै, फलफुल लगायतका कृषिका बालीनालीहरु लाखौंको क्षति भएको छ । हावागुरीले निजगढको सडकटोल, खोल्मोटोल समताटोल र निजगढ १३ का केहि घरहरुमा पुर्ण क्षती भएको छ । निजगढ क्षेत्रमा मात्र किसानले लगाएको केरा, मकै, फलफुल, तरकारी लगायतको बालीनालीमा वाढी  क्षति हुँदा लाखौंको क्षति भएको अकलनएको छ ।
यसैगरी ठूलो हावाहुरीरीले निजगढ  नगरपालिकाको १०, ११, १२, १३ वडा क्षेत्रमा रुखहरु ढलेर बिजुली २४ घण्टा अवरुद्ध भएको थियो । भने केही घर गोठहरुमा क्षति पुगेको घटनाहरु संजालम आईरहेका छन । उक्त क्षेत्रमा विजुली लाईन अवरुद्ध हुदा सो भेगका सर्वसाधारणहरु संचार विहिन हुने गरेको छ । वत्ती गएपछि सम्बन्धित निकायमा जानकारी गराउन समेत संचारले काम नगर्दा रतनपुर, कोलगाउँ, भक्तलाल र डम्बरपुरका वासीहरु चरम समस्यामा परेको छ । त्यस्तै निजगढ १३ भक्तलालमा हर्कबहादुर गोलेको घर हावाहुरीले पुर्णरुपले क्षति भएको छ भने हिरालाल थोकरको गोठमा पनि केही क्षती पुगेको छ । त्यस्तैगरि निजगढ ५ मा पनि केही घरहरुमा क्षती भएको भेटिएको छ । समताटोलमा चुडामणि चौलागाईंको घरको माथिल्लो छाना हावाले उडाएको स्थानीय समाजसेवी जयप्रसाद ढुंगाना (राजन) ले मधेश प्रवाहलाई जानकारी दिएको छ । ढुंगानाका अनुसार उक्त क्षेत्रमा अन्न बाली केरा, मकै लगायत लाखौं रुपैयाको फलफूलमा ठुलो क्षती भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित