बारा । अत्यधिक गर्मीको कारण बारा जिल्ला स्थित निजगढको जनजीवन प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा बिदा दिन थालेका छन् । बारामा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि निजगढ नगरपालिकाले आफ्नो मातहत भित्र रहेको सबै विद्यालयलाई गर्मी बिदाको सूचना निकालेको हो ।
उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा “लू” लाग्ने समस्या आएपछि निजगढ नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् । गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको प्रमुख प्रशासकीय सचीव अजय वर्तौलाद्वारा हस्ताक्षरीत सूचनामा उल्लेख छ । गर्मी तथा “लू” का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको हो ।





















Discussion about this post