सत्यश्वर शिवशक्ति आविमा किशाेरी आत्मरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम

394
SHARES
518
VIEWS

निजगढ । बाराको निजगढ नगरपालिका वडा नम्बर ७ स्थित श्री सत्यश्वर शिवशक्ति आधारभूत विद्यालयमा किशाेरी आत्मरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको छ । निजगढ नगरपालिकाकाे आयाेजनामा विद्यालयमा अध्ययनरत छात्राहरुलाई आत्मरक्षा सम्बन्धि विभिन्न जानकारी गराईएकाे हाे ।

किशाेरीलाई घर, विद्यालय, सार्वजनिक स्थल, समुदाय आदि ठाउँमा हुनसक्ने हिंसा, दुर्व्यवहार, आक्रमण तथा विभेद विरुद्ध जागरुक बनाउने उद्देश्यले प्रशिक्षणकाे आयाेजना गरिएकाे नगरपालिकाका आत्मरक्षा प्रशिक्षक पार्वती बस्नेतले बताएकी छिन ।

प्रशिक्षणबाट आत्मरक्षा सम्बन्धि विभिन्न जानकारी प्राप्त गरेकाे भन्दै यसबाट आत्मविश्वास बढेकाे कक्षा ७ मा अध्ययनरत छात्रा शिवानी राैनियारकाे भनाइ छ । हाल विभिन्न ठाउँमा किशोरीमाथी विभिन्न घटना भैरहेकाे अवस्थामा उनीहरुलाई शशक्त र जागरुक बनाउने उद्देश्यले आफ्नाे विद्यालयमा प्रशिक्षण कार्यक्रमकाे आयाेजना भएकोमा विद्यालयका प्रधानाध्यापक उमेश कुमार स्वर्णकारले खुसी व्यक्त गरेका थिए । यस्ताे प्रशिक्षण विद्यालय बाहिर रहेका किशाेरीलाई पनि दिईनुपर्ने प्रधानाध्यापक स्वर्णकारकाे भनाइ छ ।
किशोरी आत्मरक्षा प्रशिक्षण नगरपालिकाका कक्षा ८ सम्म पठनपाठन हुने आधारभूत र सबै माध्यामिक विद्यालयमा सञ्चालन गरिने निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले बताए । हालसम्म नगरपालिका अन्तर्रागत रतनपुर, डम्बरपुर निजगढ र सिङ्गौललगायतका  १२ वटा विद्यालयमा प्रशिक्षण कार्यक्रम सकिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित