नीति तथा कार्यक्रम ल्याउने तयारीमा, बजेट बनाउदै मधेश सरकार

382
SHARES
503
VIEWS

बारा । प्रदेश सभामा विश्वासको मत पाउनेमा मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव विश्वस्त देखिएका छन् । अल्पमतमा परेका यादवले आर्थिक वर्ष २०८१/०८२को नीति तथा कार्यक्रम र बजेट बनाउने तयारी गरिरहेका छन् । आफ्नो सरकारले नै आगामी नीति तथा कार्यक्रम र बजेट ल्याउने मुख्यमन्त्री यादवले दावी गरेका छन् । संघीय गठबन्धनमा बाट जसपा नेपाल अलग भएको प्रभाव मधेश प्रदेशमा पनि परेको उनले स्वीकारे । तर सरकारमाथि कुनै संकट नरहेको यादवले ठोकुवा गरे । ‘नीति तथा कार्यक्रम र बजेट निर्धारित समयमा नै आउने छ’ उनले भने, सरकार प्रदेश सभामा विश्वासको मत लिनेछ । ‘नीति तथा कार्यक्रम ल्याउनु अगावै विश्वासको मत लिनेछु’ मुख्यमन्त्री यादवले भने, ‘जसपा नेपालको संसदीय दल विभाजनको कुनै संभावना छैन् । विपक्षमा बहुमत पु¥याउने दावी सहित मुख्यमन्त्री समेत बाँडफाँट गरिसकेको नेकपा एमाले, माओवादी केन्द्र र जनमत पार्टी सरकार बनाउने खेलमा नरहेको बताउन थालेका छन् । गत वैशाख ३१ गते तत्कालीन सत्ता साझेदार नेकपा एमाले र माओवादी केन्द्रले सरकारबाट बाहिरिदै समर्थन समेत फिर्ता लिएका थिए । एमाले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ । नेकपा एमाले र माओवादी समेतले गत वैशाख ४ गते सरकारलाई विश्वासको मत दिएको थियो । संघीय गठबन्धन परिवर्तन भएसँगै मधेश प्रदेशमा पनि नेपाली कांग्रेसलाई सरकारबाट निकालिएको थियो । जसपा नेपाल नेतृत्वको सरकारलाई नेकपा एसले काँध थापेको छ । मधेश प्रदेशमा नेकपा एसले मुख्यमन्त्रीको साथ छोडेको छैन् । जसपा नेपालले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरिसकेका छन् । मुख्यमन्त्री यादवलाई जेठको अन्तिम हप्ता भित्र विश्वासको मत लिनु पर्ने बाध्यता छ । त्यसका लागि उनले नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)को साथ पाउने वातावरण बनाएका छन । मधेश प्रदेशमा मधेशी दलकै नेतृत्वमा सरकार हुनुपर्नेमा लोसपा पनि सहमत छ । सरकारको आलोपालो नेतृत्वगर्नेमा दलहरुबीच सहमति भइसकेको छ । मुख्यमन्त्री यादव हाल काठमाण्डुमा रहेका छन् । जसपा नेपालको एकताको प्रथम महाधिवेशन जनकपुरधाममा २८, २९ र ३० गते हुँदैछ ।त्यस अगावै मुख्यमन्त्रीले बहुमत लिइसक्ने नेताहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित