बसन्त लामा सिगौल । बाराको निजगढ नगरपालिका वडा नम्बर १ स्थित सिगौलमा “हाम्रो प्रतिबद्धता महिला हिंसा विरुद्ध आवाज” भन्ने नारासहित साथ १० दिने महिला हिंसा न्यूनीकरण सम्बन्धि गोष्ठी कार्यक्रमा उदघाटन भएकोछ ।
निजगढ नपा १ वडा अध्यक्ष मंगले लोप्चनको प्रमुख आतिथ्यमा सो गोष्ठी शुभरम्भ भएको हो । जेष्ठ ११ गते शुक्रबारवाट १० दिन सम्म संचालन हुने महिला हिसा न्यूनीकरण सम्बन्धित गोष्ठी तथा तालीम कार्यक्रमको अध्यक्षता भने नेपाल महिला आवाजाकी अध्यक्ष सावित्री बराल तिमल्सिना रहेका थिइन । कार्यक्रमलाई निजगढ नपा १ का वडा अध्यक्ष मंगले लोप्चनले व्यनर पढेर उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा विशिष्ट अतिथि निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य फुलमायाँ लोप्चन, शर्मिला सुनवार अरुणा बि.क समाज सेवी महिला नेत्री हाम्रो सस्थाको सल्लाकार विष्णु नेपाल, मौलापुर् नगरपालिकाका लघु उधम शाखाको प्रमुख र आइटि आर्मीको राष्ट्री उपा अध्यक्ष सुमन अर्याल, कन्तलाल धामी जुनेली माया बि .क, समाज सेवी संजिव लोप्चन, मन्दिर व्यवस्थापन समितिको अध्यक्ष वेदप्रसाद तिमल्सिना, पुर्व वडा सदस्य सिपिला योन्जन रहेको थियो । १० दिन चल्ने महिला हिंसा न्यूनीकरण सम्बन्धित गोष्ठी तथा तालिम कार्यक्रममा रेश्मी लामिछाने दंगाल र विवेक वाइवाले प्रक्षिण दिने भएकोछ । रेश्मी लामिछने दंगाले यस अघि पनि निजगढका विभिन्न स्थानहरूमा तालिम दिई सकेकी छिन ।
कार्यक्रममको स्वागत मनतव्य भने सुनमाया लोप्चनले गरेकी थिइन । त्यस्तै कार्यक्रमलाई सम्बोधन भने सन्जिव लोप्चन, विविक वाइवा, शर्मिला सुनुवार, विश्नु नेपाल, सुनमया लोप्चन र फुलमाया लोप्चनलगायतले कार्यक्रमको बारेमा महत्वपूर्ण मन्तव्य रखेका थिए । कार्यक्रम सिंगौलस्थित रुद्रेस्वर महादेव मन्दिरको हलमा संचालन भैइरहेको छ । वर्षै साल नगरपालिकाले बिकासको पुर्धारकोलागि मात्र लगानी गर्ने भएकोले यसपालीको चालुआर्थिका वर्ष २०८०/०८१ को विनियोजित १ लाख ३५ हजार छुटाई सो आर्थिकबाट महिला लक्षित कार्यक्रम संचालन गर्न लागेका हुन । कार्यक्रममा समाजसेवी र स्थानीयको सहभागिता रहेको थियो । यो तालिमबाट सिङ्गौल क्षेत्रका अधिकंस महिलाहरु लाभन्बित हुने छन भने कार्यक्रमलाई रत्नकुमारी बर्तौलले संचालन गरेकी थिइन ।





















Discussion about this post