लामा झाँकी र शान्ती पदयात्रा र्‍यालीसहित निजगढमा बुद्ध जयन्ती मनाए !

400
SHARES
526
VIEWS

बारा । निजगढमा बुद्ध जयन्ती विभिन्न वडाका बौद्ध धर्मावलम्बीहरुले लामा झाँकी र शान्ती र्‍यालीसहित मनाएका छ्न । निजगढस्थित बोधी मार्गी बौद्ध धर्मावलम्बीहरुका मुख्य संस्था निजगढभरी रहेका गुम्बहरुले संयुक्तरूपमा आयोजना गरेका थिए । नगरभरी छरिएर रहेको गुम्बाहरले संयुक्तरूपमा आयोजनामा गरेको यो इतिहास मै पहिलो हो । २५६८ औं बुद्ध जयन्तीको दिन विहान शान्तिको कामनासहित पदयात्रा गरेर बुद्ध चोकमा पुगेर समापन भएका थिए । पैदल यात्रामा विभिन्न खाल्का झण्डा तथा झकिझकाउ तरिकाले सवारीहरु सजावट गरेका थिए । युक्त सवारी हुटको माथी बुद्धको विभिन्न रङ्गका तस्वीरहरु राखिएको थियो । शान्तिको अग्रदुत मानिने सिद्धार्थ गौतम बुद्धको सुन्दर र आकर्षक तस्वीरहरु सझिएका थियो । निजगढ १ देखी १३ वटा वडाहरुबाट श्रदालु भक्तजनहरु -सहभागितामा उक्त पदयात्रा, र्याली सम्पन्न भएको हो । सोही अवसरमा हरेक बर्ष झै यस बर्ष पनि बुद्ध नेपालमा जन्मेको हुन (budhha was born in nepal) भन्ने मुल नाराको साथ आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित