बारा । बाराको निजगढ नगरपालिकामा बुधबार एक कार्यक्रम बिच नागरिक आरोग्य सेवा केन्द्र को उदघाट्न भएको छ।
निजगढ नगरपालिका वडा नम्बर ७ को भवनमा निजगढ नगरपालिकाको प्रमुख सुरथ पुरीले केन्द्र को उदघाट्न गरेको हो । नगर मै आरोग्य केन्द्र स्थापना भएपछि स्थानीय लाई सहजता पुग्ने बिश्वास गरिएको छ।
स्थानीय उत्पादनलाई प्रोत्साहन दिने हेतुले र स्थानीय स्तरमा उत्पादन हुने विभिन्न जडिबुटीहरुलाई प्रयोगमा ल्याउनकालागि र आयुर्वेदिक औषधि, योग, ध्यानलगायत क्रियाकलाप प्रति नागरिकको बढ्दो चासोलाई ध्यानमा राखेर निजगढ नगरमा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइको हो । ‘कोरोना महामारीले एक पटक पुनः आयुर्वेद औषधिको सेवन तथा सेवा सुविधा बारे नागरिकमा धेरै उत्सुकता बढाएको बेला कोरोना संक्रमित अधिकांश नागरिकले रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेद औषधिको प्रयोग गरेका थिए ।’
आयुर्वेदको महत्त्व विगतदेखि वर्तमानसम्म र भविष्यमा पनि उत्तिकै रहने भएकाले नागरिकको माग अनुरूप आरोग्य सेवा केन्द्र स्थापना गर्नुपरेको पनि प्रमुख पुरीले बताए । नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएसँगै सर्वसाधारण नागरिकलाई आयुर्वेदिक औषधिको महत्वबारे बुझ्न र यसको लाभ लिन अवसर जुट्ने भएकाले आरोग्य सेवा केन्द्रलाई सफल रूपमा सञ्चालन गर्न हाम्रो साथ र सहयोग सधै रहने प्रमुख पिरीलेले बताए ।
कार्यक्रमा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग, नेकपा एमाले नगर सचीव तिलक घलान, नेपाली कांग्रेस नगर सभापति नवराज तिमल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रामहरि खरेल, आरोग्य सेवा केन्द्र का कर्मचारीहरु,निजगढ नगरपालिकाको कार्यापालिका सदस्यहरु कर्मचारीहरु, संचारकर्मी र सर्वासाधारणको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन निजगढ नगरपालिकाका योजना शाखा अधिकृत अजय उप्रेतीले गरेका थिए ।





















Discussion about this post