रौतहट प्रहरीले श्रोत नखुलेको रकम सहित युवक साह पक्राउ

402
SHARES
529
VIEWS

बसन्त लामा/रौतहट । रौतहटको पश्चिमी क्षेत्र इशनाथ नगरपालिकाबाट श्रोत नखुलेको रकम सहित युवकलाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, प्रहरी चौकी मठिया महुलियाबाट खटिएका प्रहरीले इशनाथ नगरपालिका वडा नम्वर ४ लत्तमरीको चेकप्वाइन्टमा चेकजाँच गर्दै गर्दा सो युवालाई नियन्त्रणमा लिको हो । प्रहरीको अनुसार बिआर ०५ एएन८११७ नम्वरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिको शरिर खानतलासी गर्दा दुई लाख ९६० नेपाली र ७६५ रुपैया भारतीय रुपैया बरामद भएपछि सोको श्रोत खुलान नसक्दा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले श्रोत खुलाउन नसकेको रकम बोक्ने इशनाथ नगरपालिका वडा नम्वर ५ का रामचरण साहको ३१ बर्षिय छोरा सन्तोषकुमार साहलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान पश्चात आवश्यक कारवाहीको लागि विना श्रोतको नोट, मोटरसाइकल सहित साहलाई गौर भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित