रौतहट प्रहरीद्वारा मोटरसाइकलको पार्टस बरामद

389
SHARES
512
VIEWS

बसन्त लामा/रौतहट । भन्सार छली ल्याउँदै गरेको मोटरसाइकल को स्पेयर पार्टसहरु रौतहट प्रहरीले गौरबाट बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका  वडा नम्बर ५ स्थित विभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली ल्याउँदै गरेका मोटरसाईकलको स्पेयर पार्टसहरु लगायतका सामान बरामद गरेको हो ।
१ लाख ७० हजार २ सय ६१ मुल्य  बराबरको मोटरसाइकलको स्पेयर पार्टस लगायतका -सामानहरु सहित स्थानियको रोहवरमा आवश्यक कारवाहीकोलागी गौर भन्सार कार्यालय रौतहटमा बुझाएको सूचना अधिकारी एवम डिएसपी एलिजा गिरीले जानकारी दिएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित