निजगढ सव डिभिजन वन कार्यालय नजिकै वयस्क हरिणको सिकार

412
SHARES
542
VIEWS

निजगढ/बारा । सिकारीहरुको समूहले वन कार्यालय नजिकैको जंगलमा आइतवार गोली हानेर एउटा हरिण मारेका छन ।
सिकारीहरुले निजगढ सब डिभिजन वन कार्यालयबाट करिव ५ सय मिटर दक्षिणमा पर्ने निजगढ नगरपालिका वडा नम्बर ९ को आदर्श सदावहार सामुदायिक वन क्षेत्रभित्र बयस्क हरिण गोली हानेर मारेका हुन ।
जंगलमा बन्दुक पड्‌केको आवाज सुनेपछि वन कर्मचारीहरु तत्काल घटनास्थलमा पुगेका थिए । गस्ति टोलीलाई देखेपछि मृत हरिण बोकेर लैजाने तयारीमा रहेका १५/१६ जनाको समूहको सिकारी टोली भने भागेको थियो । कार्यालयका रेन्जर निरज पोखरेलकाअनुसार करिव २ वर्ष उमेर र १ सय किलो तौलको सो हरिणलाई सिकारीहरुको समूहले डिभिजन वन
कार्यालयको दक्षिणतर्फ पूर्वपश्चिम राजमार्गबाट करिव ३ मिटरभित्र जंगलमा दिउसो ३ वजे गोली हानेर मारेका हुन । हरिनको गर्धनका ६ स्थानमा गोलीको छर्रा लागेको पाइएको पोखरेलले जानकारी दिएको छ । सिकारी भागेपछि मृत अवस्थामा बरामद भएको सो हरिण निजगढ सव डिभिजन वन कार्यालय परिसरमा ल्याएर स्थानीय जनप्रतिनिधिको रोहबरमा गाढिएको जानकारी दिए । निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटुवाल, आदर्श सदावहार वन समुहका अध्यक्ष रामप्रसाद पाण्डे र जनज्योति सामुदायिक वन समुहका अध्यक्ष खडकबहादुर लामा र स्थानीय संचारकर्मीको रोहवरमा सव डिभिजन वन कार्यालय परिसरमा खाल्टो खनेर हरिण गाढिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित