बसन्त लामा/रौतहट । विभिन्न स्थानहरुबाट चोरी भएको मोटरसाईकलहरु रौतहट प्रहरीले बरामद गरेको छ । चोरीमा संलग्न मानिससहित मोटरसाईकलहरु खोजतलास गरी प्रहरीले बरामद गरेको हो ।
रौतहट राजदेवी नगरपालिका वडा नम्बर ८ बस्ने विकास राय यादवले विभिन्न स्थानबाट मोटरसाईकलहरु चोरी गरी ल्याई आफ्नो घरमा लुकाई छिपाई राखेको सूचनाको आधारमा
बैसाख २४ गते प्रहरी अधिकृत सहितको अनुसन्धान टोली खटीएका थिए । प्रहरीले यादवको घर, कोठा कानुन बमोजिम खानतलासी सूचना पुर्जी दिई खानतलासी गर्दा निजको घरको कोठामा मोटरसाईकलहरु फेला परेको प्रहरीले जनाएको छ ।
ती मोटरसाईकलहरुको कागजातहरु माँग गर्दा घरका मानिसहरुले कुनै कागजातहरु देखाउन नसकेपछि उक्त मोटरसाईकलहरु चोरीको हुन सक्ने भएको हुँदा जनप्रतिनिधी तथा स्थानीयको रोहवरमा कानुन बमोजिम खानतलासी गरी उक्त मोटरसाईकलहरु बरामद गरिएको र शंकित व्यक्ति विकास यादवलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी चोरी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएकी छिन ।
प्रहरीले बरामद गरेको मोटरसाइकलको चेचिस नं.MBLJAR024KGA08008, ईन्जिन नं. JA06ERKGA60441 भएको BR06BX1618 नं. को ग्यालेम्बर मोटरसाईकल ,चेचिस नं.MBLJAW102KGG37715, ईन्जिन नं. JA06ERKGG34520 भएको BR30C 9811 नं.को ग्यालेम्बर मोटरसाईकल, चेचिस नं. 06HC34671, ईन्जिन नं. 06H15M25092 भएको बा. २३ प ६२१ नं. को स्पेलेण्डर मोटरसाईकल बरामद गरेको प्रहरी नायव उपरीक्षक गिरीले जनाईन ।





















Discussion about this post