बारा । बारा अदर्श सेवा समाज कतारले बारा जिल्ला कोल्हवी नगरपालिका -५ निवासी ब्रेन हेमरेज विरामी भिम बहादुर धिताललाई आर्थिक सहयोग गरेको छ । धिताल ब्रेन हेमरेजको कारण केही दिन समय देखी विरगंज न्योरो हस्पिटलमा उपचाररत रहेका थिए । बारा अदर्श सेवा समाजका सल्लाहकार समेत रहेका समजसेवी तथा युवा नेता रविराज दंगालले धितालको बैंक खातामा १८ हजार एक नगद ट्रन्सफर गरेका थिए । बारा अदर्श सेवा समाज कतारको केही दिन अघि रविराज दंगाल विदेश भ्रमणको उक्त समिति गठन गरेका थिए । सामाजिक अभियानत दंगालले आफ्नो फेस बुक स्टाटसमा लेखेको छ । बारा जिल्ला कोल्हबी वडा नं ५ रामवन निवासी भिम बहादुर धिताल केही समयदेखी ब्रेन हेमरेजको कारण उपचाररत हुनुहुन्थ्यो। उहाँको स्वास्थ्यमा छिटोभन्दा छिटो सुधार होस र उपचारमा केही आर्थिक सहयोग होस भन्ने उदेश्यले रु.१८,०००।-(अठार हजार रुपैया) म मार्फत उपलब्ध उहाँको छोरा मौसम धितालको खातामा जम्मा गराएको छु । यो अभियानमा सहयोग गर्नुहुने बारा आदर्श सेवा समाज कतारको संयोजक जीवन न्यौपाने र सहसंयोजक जनक तिमल्सिना लगायत सम्पूर्ण टिमप्रती आभार! रविराज दंगाल ‘प्रस्तुत’
प्रमुख सल्लाहकार बारा आदर्श सेवा समाज,कतार” भनी फेसबूक स्टाटसमा लेखिएको छ । सो रकम सल्लाहकार दंगालले विहिबार पीडितको छोराको खातामा ट्रन्स्फर मार्फत हस्तान्तरण गरेका थिए ।
सङ्कलित रकम सहयोगी व्यक्तिहरु :
जीवन न्यौपाने, रमेश विक, यम प्रसाद गौतम, जनक तिमल्सिना, चित्र कुमारी कार्की, स्वस्तिका थापा, विदुर वर्तौला, प्रवास चौलागाईं र ईशा खड्कालगायतले रकम संकलन गरि सहयोग गरेको हो ।





















Discussion about this post