निजगढका केरा किसान, बजार नपाउदा चिन्तित

388
SHARES
511
VIEWS

बसन्त लामा/सिगौल । बाराको निजगढ क्षेत्रका केरा खेति गर्दै आइरहेको अधिकास अहिले ठुलो समस्या झेल्नु परिरहेको छ ।
केराखेति गर्दै आइरहेको किसानले केरा बजारमा पठाउनु नसक्दा किसानहरु समस्यामा परेको हो ।
भारतीय केरा नेपालको बजारमा छ्यापछ्याप्ती सस्तो मुल्यमा भित्रिएपछी सिंगौलको केरा खेतमै पाकेर कुईने अबस्था पुगेकोछ ।
सिंगौलको मात्र नभई नेपालको अधिकांस ठाउमा उदपादन भएको केरा भारतबाट सस्तो मूल्यमा केरा भित्रेकै कारण नेपाली केराको बजारठप्प भएको हो ।
अन्य बालिबाट भन्दा केहि मात्रामा केरा बालिबाट राम्रै आम्दानि हुने भएकोले सिंगौलको स्थानीय ले गएको १२/१५ वर्षदेखि केरा बालि लगाउन सुरु गरिएको थियो ।
राम्रै आयआर्जन हुने भएकोले हाल सिंगौलमा ९० प्रतिसत स्थानीयले केरा खेति गर्दै आएकोछ ।
केरा खेतिबाट राम्रै आर्जन हुने भएको हुँदा प्रतिकठ्ठा ५ हजार देखि ७ हजार सम्म तिरेर जग्गा भड़ामा लिएर केरा खेति गर्दै आएकाछन् ।
सिंगौलमा जग्गाको अभाव हुदै गएकोले यहाँको स्थानीयले रौतहटको भोलनटार, गैडाटार, जुडिबेला, फुलवारी, गुजरा नगरपालिकाको सिम्रि, लाल, रतनपुरलगाएत अन्य स्थानमा जग्गा भाडामा लिएर केरा खेति गर्दै आएकोछ ।
किसानले गरेको केरा खेतिबाट राम्रै आमदानी हुदै गएकोले निजगढ सिंगौललाई ३ बर्ष पहिले केरा पकेट क्षेत्र घोषणा समेत गरेका थिए ।
निजगढ नगरपालिकाले निजगढ सिंगौललाई केरा पकेट क्षेत्र घोषणा गरेपनि खासै प्राथमिकता दिएको भने देखिदैन निजगढलाई केरापकेट क्षेत्र घोषणा गरेको निजगढ र सिंगौलमा नगरपालिकाले रासायनिक मल को व्यवस्थापन गर्न समेत सकिरहेको छैन । रासायनिक मल ल्का कारण यहाँको किसानले जहिले पनि भारतबाट आएको मल चर्को मुल्य तिरेर खरिद गर्नु परेकोछ
नेपाल कृषिप्रधान देश भए पनि सिगौलको स्थानीयले भने नेपाल सरकारले अनुदानमा दिने गरेको रासायनिक मल प्रतिव्यक्ति २० किल्लो भन्दा माथि ओआएको छैन ।
नगरपालिका र वडा कार्यालयले केरा खेतिगरिरहेको किसानको लगत सङकलन गरि छुटै रासायनिक मलको व्यवस्थापन हुनु पर्ने स्थानीय कृषक बिक्रम लामाको भनाइ रहेकोछ ।
किसानले वर्षभरि दुखगरि तयारि गरिएको केराको बजार व्यवस्थापन हुनु नसक्दा सिंगौलको किसानको केरा बोटमै पाक्नु लागेकोहो ।
यसरि केरा बोटमै पाकेर कुहिने गरेकोले सिगौलमा बर्षेनी किसानले लाखौ रुपैयाँ घाटा व्यहोर्नु परेकोछ । रासायनिक मलको व्यवस्थापन गर्न नसके पनि केहि समयको लागि सिंगौलको स्थानीय कृषकले उदपादन गरेको केराको बजार व्यवस्थापन गरिदिने हो भने यहाँको स्थानीयलाई ठुलो राहत हुने थिए । यस अघि नगरपालिकाले स्थानीय उत्पादन प्रयोग गरि स्थानीय किसान र उत्पादकत्वलाई प्रोत्साहित सूचनाको भने धज्जी उडेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित