बारा । बाराको प्रहरीले २१६ केजी लागू औषधा गाँजा सहित एउटा ट्रक र दुईजना मानिसलाई सोमबार राती पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । उनीहरुलाई जिल्लाको निजगढ नगरपालिका वडा नम्बर १० लाल रतनपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रक चेकजाँचका क्रममा अस्थाई प्रहरी पोष्ट रतनपुरको प्रहरी टोलीले गाँजा सहित पक्राउ गरेको गरेको हो ।
पक्राउ पर्नेमा ट्रकका चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोला घरभई बाराको जितपुरसिमरा उपमहानगरपालिका २ बस्ने ३२ बर्षका दिपक कोईराला र ट्रकमा सवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदम पोखरीका ३० बर्षे जीवन घलान रहेका छन् ।
उनीहरुलाई जिल्लाको निजगढ नगरपालिका वडा नं.१० लाल रतनपुरबाट निजगढ तर्फ जाँदै गरेको ना ५ ख ७५५२ नंबरको ट्रक चेकजाँचका क्रममा अस्थाई प्रहरी पोष्ट रतनपुरको प्रहरी टोलीले गाँजा सहित पक्राउ गरेको गरेको हो ।
पक्राउ परेका ट्रकका चालक कोईराला र घलानका विरुद्ध लागु औषध मुद्दा कानुनी प्रकृया अगाडी बढाईएको बाराका प्रहरी नायव उपरिक्षक दधिराम न्यौपानेले बताएको छ ।
बारा प्रहरीले चालु आर्थिक बर्षमा मात्रै १ हजार २०८.७३ केजी लागु औषध गाँजा बरामद गरेको जनाएको छ । यस सम्बन्धी कार्वाहीमा ५८ जनालाई नियन्त्रणमा लिई ४२ मुद्दा दर्ता भएको डिएसपी न्यौपानेले जानकारी दिए ।
यस्तै प्रहरीले यस अवधिमा हुण्डी कारोबारमा स्रोत नखुलेको ३८ लाख ९ हजार नेपाली रुपैंया समेत बरामद गरी ३ भारतीय सहिमत ८ जनाका विरुद्ध ४ वटा मुद्दा दर्ता गरेको छ ।
यसैगरी यसै अवधिमा प्रहरीले ४८ करोड ४१ लाख ५४ हजार ८५७ रुपैंया बाराबरका अबैध निकासी पैठारीका सववारी तथा सामान नियन्त्रणमा लिई भन्सारमा बुझाएको र २० जना मानिसलाई पक्राउ गरेको डिएसपी न्यौपानले बताए ।





















Discussion about this post