पर्सा राष्ट्रिय निकुञ्जद्वारा एक दिवसीय वन डढेलो सम्बन्धी तालिम

413
SHARES
544
VIEWS

बारा । पर्सा राष्ट्रिय निकुञ्जले बाराको निजगढ नगरपालिका वडा नम्बर ११ रतनपुरमा एक दिवसीय वन डढेलो नियन्त्रण सम्बन्धी तालिम सम्पन्न भएको छ । सो तालिम पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय बारा रतनपुर रेन्जर पोष्टको आयोजनामा भएको हो । तालिममा पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय बारा रतनपुर रेन्जर पोष्ट रतनपुरीका रेन्जर लक्ष्मण कुमार महतोले “वनमा कसरी आगालागी हुन्छ , प्राकृतिक तथा कृत्रिम रुपमा आगलागी हुने गरेको छ भन्ने स्लैइड मार्फत प्रशिक्षण दिएका थिए । देशका विभिन्न भागमा आगलागी भएका कारण जलबायु परिवर्तन वातावरणमा चुनौती रहेको छ । कसरी वन डढेलोलाई रोकथाम गर्नुका साथै न्यूनीकरण गर्ने , वन डढेलोले वार्षेनी कतिको असर गरेको छ, वन व्यवस्थापन कसरी गर्ने, प्रज्वलन सिल पर्दाथको कसरी व्यवस्थापन गर्ने, आगलागीको प्रकार सतही डढेलो जसले स-साना बुट्यानहरु जलेर नोक्सान हुने हुदा यसको न्यूनीकारणको बारेमा प्रोजेक्ट मार्फत तालिम दिएका थिए । तालीममा बारा जिल्ला सब डिभिजन वन कार्यालय रतनपुरका प्रमुख निरज साहले पनि डढेलो जोखिम कुन-कुन स्थानमा बढी प्रभावित छ भन्ने बारेमा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुलाई जानाकारी दिएका थिए । तालीममा बारा जिल्ला सब डिभिजन वन कार्यलय रतनपुर अन्तर्गत निजगढ नगरपालिका वडा नम्बर ११ का वडा कार्यालयको सभा हलमा भएको थियो । तालीम रतनपुर सव डिभिजन वन कार्यालय अन्तर्गत रहेका सामुदायिक वनका पदाधिकारिहरुलाई दिएको थियो । कार्यक्रममा रतनपुर सव डिभिजन वन कार्यालयका प्रमुख निरज साहले वन डढेलो सामुदायिक वनमा हुन नदिनका लागि समुहका उपभोक्ताहरुले आफ्नो वनमा तथा उपभोक्ताहरुलाई जनचेतना जगाउने , सिकारीहरुलाई नियन्त्रण गर्नु , अग्नि रेखा निर्माण गर्नु आदि काम गर्नु पर्नेमा जोड दिएका थिए । तालिन निजगढ नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सहैइया गुरोको प्रमुख अतिथिमा भएको थियो । कार्यक्रमलाई वडा अध्यक्ष गुरोले ब्यानर पढेर उदघाटन गरेको हो । उदघाटनको क्रममा बोल्दै गुरोले “अफ्नो वडामा वन डढेलो सम्बन्धि कार्यमा सहयोग गर्ने बताएको छ ।” अध्यक्ष गुरोले “वन डढेलोको कार्यक्रम फागुन लाग्दोमै भएको भए अझ सामुदायिक वनहरुलाई सहज हुने बताए । ढिलै भए पनि पर्सा राष्ट्रिय निकुञ्जले सामुदायिक वन संग सहकार्याको बाटो खुलाएकोमा यो सुखद पाटो भएको बताएको छ ।” त्यस्तै कार्यक्रममा फेकोफन निजगढ नगरका उपाध्यक्ष धनबहादुर खुलालले “सुख्खा याममा लाग्ने वन डेढेलोलाई कसरी नियन्त्रण गर्न सकिन्छ र वन डढेलो लाग्दा हुने क्षति र न्यूनिकरणका विषयमा जानकारी दिने उद्देश्यले तालिमको आयोजना गरिएकोमा खुशी व्यक्त गरेका थिए ।” तालिममा रतनपुर क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिका समुहका १० वटा समुहका समितिका पदाधिकारीहरु सहभागिता रहेको थियो । तालिमा पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय बारा रतनपुर रेन्जर पोष्टद्वारा आयोजना गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित