बारा । बाराको निजगढ नगरपालिका वडा ११ रतनपुरमा मानव वन्यजन्तु द्वन्द न्युुनीकरण सम्बन्धि एक दिने अन्तरक्रिया गोष्टि सम्पन्न भएको छ । बारा जिल्ला सव डिभिजन वन अन्तर्गतको सामुदायिक वन उपभोक्ता समितिहरु विच सव डिभिजन स्तरीय अन्तरक्रिया कार्यक्रम रतनपुर सव डिभिजन वन कार्यालयले शनिबार आयोजना गरेका थिए । रतनपुरी सव डिभिजन वन कार्यालयको आयोजनामा सो गोष्ठी संचालन गरिएको थियो । कार्यक्रम सव डिभिजन रतनपुरीका रेन्जर निरज साहको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्ग रहेकी थिइन । त्यस्तै कार्यक्रममा निजगढ नगर सामुदायिक वन उपभोक्ता महासंघका उपाध्यक्ष धनबहादुर खुलाल गोले, पर्सा राष्ट्रिय निकुञ्जका रेन्जर लक्ष्मण कुमार महतो, मधुवन सव डिभिजन वन कार्यालयका प्रमुख संजय कुमार चौधरी, कलैया सव डिभिजन कार्यालयका प्रमुख संदिप पटेल र निजगढ नगरपालिका सहायक वन अधिकृत अनिल कोइरालालगायत रतनपुर सव डिभिजन अन्तर्गत सामुदायिक वनका प्रतिनिधिहरुको सहभागी रहेको थियो । कार्यक्रमलाई प्रमुख अतिथि नगर उपप्रमुख सोममाया थिङ्गले व्यानर पढेर उदघाटन गरेकी थिइन । कार्यक्रममा बोल्दै प्रमुख अतिथि थिङ्गले पर्यवरण संरक्षणमा सबैको उत्तिकै महत्वपुर्ण भुमिका रहने बताएकी छिन । वन र वन्यजन्तुको संरक्षण गरेमा मात्र सबैको अस्तित्व रहने प्रमुख अतिथि थिङ्गको भनाई रहेकी थिइन । थिङ्गले वन्यजन्तुको पनि यो धर्तीमा उत्तिकै बाँच्न पाउने अधिकार रहेकाले सचेत नागरिकले बुझ्नुपर्ने समेत बताएकी छिन । थिङ्गले कतिपय मानव हितमा रहनु पर्ने अधिकार र वन्यजन्तुले पुर्याएको पशु चौपायाको क्षतिपूर्तिको राहत ऐनले बाधक गरेको समेत बताईन ।
कार्यक्रममा राष्ट्रिय पर्सा निकुञ्जका रतनपुर रेन्जर लक्ष्मण कुमार महतोले स्लाइड मार्फत मानव वन्यजन्तु बिच हुने न्युनीकरणका उपाय बारे जानकारी गराउदै पाटेबाघको संरक्षण गरेमा हुने फाइदा र स्थनीयबासीले बन्यजन्तु बारे अपनाउने पर्ने सावधानीको विषयमा जनाकारी गराएका थिए । त्यस्तै मधुवन सव डिभिजनका इन्चार्ज संजय कुमार चौधरी, कलैया सव डिभिजनका इन्चार्ज सन्दीप पटेल र निजगढ नगर सहायक वन अधिकृतले सहभागीहरुलाई स्लाईड मार्फत प्रशिक्षण गरेका थिए । कार्यक्रममा सहभागीहरुले विभिन्न विषयहरुमा जिज्ञासा समेत राखेका थिए ।
कार्यक्रम संचालन रतनपुरी सव डिभिजनका प्रमुख निरज साहले गरेका थिए । कार्यक्रम संचालक साहले मानव वन्यजन्तु विचको द्वन्दलाई मानवले न्युनीकरण गरेमा मात्र समस्यको समाधान हुने बताएको छ ।





















Discussion about this post