बारा । बागमती प्रदेशभित्र बहुसंख्यक नागरिकले बोल्ने तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गरी प्रदेश सरकारका निकाय र स्थानीय तहहरुमा लागु गर्ने भएको छ ।
यसै सन्दर्भमा बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय समेत गरेको हो ।
प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयन भएको सन्दर्भमा प्रदेशभर सार्वजनिक बिदा दिने प्रदेश सरकारले बुधबारको बैठकबाट निर्णय गरेका हुन ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रदेश सरकारी कामकाजको भाषा ऐन २०८० कार्यान्वयन भएको सन्दर्भमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
कात्तिक २३ मा जारी गरिएको उक्त ऐनमा भएको व्यवस्थाअनुसार वैशाख २४ गते कार्यान्वयन हुने भनिएको छ । प्रदेशका नागरिकहरूमा संस्कृति र पहिचानको अपनत्व महसुस गराउन ऐन कार्यान्वयन हुने दिन बिदा दिन लागिएको सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख २४ गते बसन्तपुरमा प्रदेश सरकारी कामकाजको भाषा शुभारम्भ गर्ने उनले बताए । संविधानअनुसार नेपाली भाषासँगै प्रदेशभित्र बहुसंख्यक नागरिकले बोल्ने तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा निर्धारण गरी प्रदेश सरकारका निकाय र स्थानीय तहहरुमा लागु गर्ने उनले बताए । पहिलो चरणमा सरकारी निकाय र स्थानीय तहको बोर्ड तथा लेटरहेडमा नेपाली भाषासहित तामाङ र नेपाल भाषा उल्लेख गरिने उनले बताए ।





















Discussion about this post