बारा । बाराको निजगढ-९ स्थित गौरीशंकर कयाम्पस्मा कक्षा १२ को परीक्षा आज शुक्रबारदेखि सुरु भएको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनु पर्नेमा विधुतिय समस्य कारण केही ढिलो ८:३० बजेबाट ११:३०बजेसम्म सञ्चालन भएको थियो ।
गौरीशंकर क्याम्पसमा यस वर्ष कक्षा १२ को परीक्षामा ५ सय ५० जना विद्यार्थी सहभागी भएका छन, जसका लागि क्याम्पसमा “क” र “ख” गरी दुईवटा परीक्षा केन्द्रमा परिक्षा भैइरहेको क्याम्पस प्रमुख टिकाराम भट्टराईले जनाएको छ । केन्द्र “क” र “ख” गरि नियमितयर्फ २७८ र २४१ रहेको छ भने अन्य अंसिकतर्फ रहेको प्रमुख भट्टराईले जनाएको छ ।
देशभरीमा यस वर्ष कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भइरहेका छन्, जसका लागि ७७ जिल्ला र जापानमा एक गरी एक हजार ५२६ परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थी छन् । बाँकी भने ग्रेड वृद्धिका विद्यार्थी रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष १८ हजार विद्यार्थी बढेकाले परीक्षा केन्द्र पनि थप भएको बोर्डले जनाएको छ ।सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा छन् । जहाँ १४४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा कम मनाङ/मुस्ताङमा एक–एक परीक्षा केन्द्र रहेको बोर्डले जनाएको छ ।





















Discussion about this post