बारा । बाराको निजगढ सहिद चोकमा एजु हब इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. सञ्चालनमा आउने भएको छ । केहि वर्ष देखि निजगढ सहिद चोकमा कम्प्युटर सम्बन्धित सामाग्री खरीदविक्री र मर्मत गर्दै आइरहेको स्थापित ब्राण्ड फ्युजन टेक सोलुशनले आफ्नो क्षेत्र विस्तार गर्दै अब कम्प्युटर सम्बिन्धत सबै तालिम प्रदान गर्नका लागि इन्स्टिच्युट पनि सञ्चालनमा ल्याएको हो ।
सञ्चालक प्रवेश शर्माका अनुसार ईन्स्टिच्युटमा बेसिकदेखि एडभान्स तहसम्मका कम्प्युटर कोर्स, हार्डवयर ट्रेनिङ, सर्भर तथा नेटवर्किङ, प्रोग्रामिङ तथा कोडिङ, ईथिकल ह्याकिङ, माइक्रोसफ्ट सर्टिफाइड प्रोफेशनल (एमसीपी), सीसीएनए, ग्राफिक डिजाइनिङ, फोटोग्राफी तथा भिडियोग्राफी लगायतका तालिम प्रदान गरिनेछ ।
कोर्स अनुसारको समयावधि तय गरिएको छ । हरेक दिन कम्तिमा एक घण्टा थ्योरिकल र १ घण्टा प्राक्टिकल हुनेछ ।
सञ्चालक शर्माले युवाहरुलाई प्रविधिसम्बन्धी सीप सिकाई घरमै बसेर कमाउन सकिने आधार तयार गरिने प्रयासस्वरुप ट्रेडिङबाट ट्रेनिङतर्फ क्षेत्र विस्तार गरेको बताए ।
युवालाई प्रविधि क्षेत्रमा स्वरोजगार बनाउन सके विदेशी पैसा पनि तान्न सकिने र विदेश जानबाट युवालाई पनि रोक्न सकिने शर्माको विश्वास छ ।
‘एसईई तथा कक्षा १२ सकिएपछि फुर्सद हुने ३ महिनासम्मको समयमा कम्प्युटरका कोर्सहरु गर्न सकिने छ । अन्यत्र जस्तो सामान्य कोर्स भन्दा पनि स्वरोजगार बनाउन सक्ने गरी प्राक्टिकल कोर्सहरु हामी प्रदान गर्नेछौँ ।’ – सञ्चालक शर्माले भने ।
उनले थपे – ‘दक्ष प्रशिक्षकबाट प्रशिक्षण दिइनेछ । लामो अनुभव बटुलेका बारा भन्द बाहिरका प्रशिक्षकसँग अनलाइन सिक्ने व्यवस्था पनि छ । हामीसँग जोडिएपछि सीप सिकेर जागिरमा जोडिने आधार पनि हामी तयार गर्छौँ ।’
अहिलेका किशोरकिशोरीहरु प्रविधिमा धेरै अगाडि पुगिसकेकाले उनीहरुलाई सुहाउँदो कोर्स यो ईन्स्टिच्युटमा सञ्चालन हुने शर्माले बताए ।
‘प्रोग्रामिङ, कोडिङ मार्फत् वेबसाइटहरु, नयाँ नयाँ एपसमेत निर्माण गर्न सक्नेछन् । आईटी पढेका जस्तै दक्ष जनशक्ति तयार हुनेछन् । घरमै बसेर ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ गरेर पैसा कमाउन सक्नेछन् । सोसल प्लेटफर्ममार्फत् डलर कमाउन सक्नेछन् ।’ शर्माले भने ।
एसईई दिएर बसेका विद्यार्थीका लागि तत्काल कक्षा पनि सञ्चालन हुँने छन् ।एसईई दिएका विद्यार्थिलाई स्पेसल छुट्को अफर समेत रहेको शर्माले बताए । एसईई दिएका विद्यार्थिहरुलाई २५ देखि ४० प्रतिशात सम्म छुट दिन सक्ने बताए । विभिन्न प्रोफेशनमा रहेकाहरुलाई उपयुक्त कोर्सको पनि व्यवस्था गरिएको छ । सहुलियत शुल्कमा कोर्स गर्न पाइने सञ्चालक शर्मा बताउछन् । ईन्स्टिच्युट्मा जापानीज, अंग्रेजी, र कोरियाली भाषा समेत संचालनमा रहेको संचालक शर्माले जानकारी दिएको छ । जापानीज, अंग्रेजी र कोरिया भाषा सिक्न चाहनेलाई नि:शुल्क बेसिक कम्प्युटर कोर्सको सुबिधा समेत दिएको शर्माले बताए ।
निजगढमा गतिलो प्रशिक्षण केन्द्रको अभाव भइरहँदा अब कम्प्युटर सम्बन्धी सबै तालिम एजु हब इन्स्टिच्युट एण्ड ट्रेनिङ सेन्टर प्रा. लि.ले दिने भएपछि निजगढका प्रविधिप्रेमी युवाहरु लाभान्वित हुनेछन् ।
एमएसआई, डेल, एसर लगायत विश्वप्रसिद्ध ब्राण्डको निजगढका लागि आधिकारिक विक्रेता फ्युजन टेकले प्रोफेशनल, हाइरेञ्ज तथा भ्यालूएडेड सिरिजका कम्प्युटर तथा ल्यापटप निजगढमा उपलब्ध गराइरहेको छ ।





















Discussion about this post