सिङ्गौल वनस्थली हाटबजारको १६ कोठे ट्रष्ट निर्माण सम्पन्न

393
SHARES
517
VIEWS

बसन्त लामा/सिगौल । बाराको निजगढ नगरपालिका वडा नम्बर १ स्थित वनस्थली हाटबजारको १६ कोठे ट्रष्ट निर्माण समपन्न भएकोछ । नगरपालिकाको वडा नम्बर १ को वडा कार्यालयले चालुआर्थिक वर्ष २०८०/०८१ को वार्षिक विनियोजित बजेटबाट सो ट्रष्ट निर्माण गरिएको हो ।
बजार स्थापना र व्यबस्थापन भएको लामो समय बितिसक्दा पनि उक्त क्षेत्रमा ट्रष्टको अति नै अभाव रहेका थिए । अहिले निर्माण सम्पन्न पश्चत उक्त भएको छ । समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयमा समस्य समाधान गर्ने उदेश्यका साथ हाटबजार आसपासको स्थानीयले १६ कोठे ट्रष्टको निर्माण गर्नको लागि प्रस्ताव गरेको थियो ।
स्थानीयको आग्रहमा वडा कार्यालयले ९ लाख बिनियोजन गरेको रकमबाट वडाका स्थानीय हस्त बहादुर ब्लोनको अध्यक्षतामा १६ कोठे ट्रष्ट निर्माण सम्पन्न गरेकोछ ।
लाखौ खर्चेर ट्रष्ट निर्माण गरेर बजारको केहि समस्या हल हुने भए पनि त्यस बजेटले बनेको भौतिक संरचना जोखिममा रहेको देखिन्छ ।
हाल निर्माण कार्यसम्पन्न भएको ट्रष्टको नजिकै धोत्रो परेको सुकेका कर्म प्रजाति रुख रहेको र त्यो रुख कतिखेर ढलेर हालनिर्माण भएको ट्रष्टलगायत मानवीय क्षति पुर्‍याउने हो भन्ने चिन्ताको विषय बनेको छ ।
बनसथली हाट बजार मात्र नभई सिंगौल क्षेत्रका अधिकांस ठाउँमा वडाबाट बिनियोजन गरेर निर्माण हुनुलागेको भौतिक संरचना सहि ठाउमा निर्माण भैरहेको छक्की छैन भनि अनुगमन गर्ने निजगढ नगरपालिकासंग निकाय नहुदा वडाले बिनियोजन गरेर सम्पन्न गरिएको कार्य सस्तो लोकप्रियतामा सावित भैरहेको छ ।
निर्माण सम्पन्न गरिएको ट्रष्टमा बिधुतको तारले छुन लागेका रुखको हाँगा झरेर कतिखेर निर्माण भएको ट्रष्टलाई क्षेतीपुर्‍याउने हो भनि बजारमा आउने सेवाग्राहीहरु र स्थानीय पसले समेत त्रसितमा परिरहेको हो ।
यसबिषयमा सिगौल वडा नम्बर १ नगरपालिका जिल्ला वन र बिधुत प्राधिकरण भने मुखदर्सक बनि रहेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित