नेपाली कांग्रेस निजगढ-१३ वडा कमिटीद्वारा अग्नि पिडितलाई खाध्यन्न सहयोग

414
SHARES
545
VIEWS

डम्बरपुर । नेपाली कांग्रेस बाराको निजगढ नगरपालिका वडा नम्बर १३ वडा कमिटीले अग्नि पिडितलाई खाध्यन्न सहयोग गरेको छ । निजगढ १३ पानीसरा स्थित अग्नि पीडित २ परिवारलाई १/१ बोरा चामल, ५/५ किलो आलु, ३/३ किलो नुन, ५/५ किलो दाल, ३ प्याकेट मस्यौरा २/२ लिटर खाने तेल र ३/३ किलो चिउरालगायत खाध्यन्न सामग्री २ परिवारलाई वितरण गरेको हो । वडा कमिटीका सभापति सुनबहादुर थिङको टोलि अग्नि पिडितको घरमा पुगेर उक्त सामग्री वितरण गरिएको श्री भगवती आधारभूत विद्यालयका शिक्षाक खुशिलाल थिङ्गले मधेश प्रवाहलाई जानकारी दिएको छ । शनिबार दिउँसो घरमा कोहि नभएको समयमा वनबाट सल्केको आगोले कुमारीमाया गोले र सुरेश गोलेको घर पुरै नष्ट भएको थियो । वनमा आगलागिको कारण भने खुल्न सकेको छैन । दिनको ३ बजेबाट सुरु भएको वन ढडेलोले उग्ररूप लिए पछि ढडेलो गाउँ पसेको भन्ने सूचना हामीलाई प्राप्त भएको छ । घरमा आगलागी हुदा घरको सबै परिवार वहिरा रहेकाले घरको कुनै पनि सामग्री जयजेथा, लत्ताकपडा, भाँडा कुडा अन्नबाली सबै आगोमा परेको पिडितले जनाएको छ । पीडितलाई सहयोग गर्न नेपाली कांग्रेसका नेता तथा समाजसेवी रोशन पाख्रीन, जय स्याङतान, आईत थोकरलगायतको सहभागी रहेको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित