कतार । कतारमा रहेका बारावासीहरु संगठित भएका छन् । मधेश प्रदेशका चर्चित युवा नेता तथा समाजसेवी रविराज दंगालको विशेष उपस्तिथिमा शुक्रवार भएको भेलाले बारा सेवा समाज कतार तदर्थ समिति गठन गरेको हो ।
कतारको मुम्ताजा पार्कमा बारा जिल्ला र निजगढको भेलाबाट बारा सेवा समाज, कतारको संयोजक जीवन न्यौपाने र सह-संयोजक जनक तिमल्सिना र महिला संयोजक अनिमा कार्की सहित रहनेगरी २१ सदस्यीय तदर्थ समिती गठन भएका छन ।
त्यस्तै निजगढ सेवा समाज, कतारको पनि तदर्थ समिति गठन गरिएको छ । जसमा संयोजक सुदर्शन अधिकारी र कोषाध्यक्षमा यम प्रसाद गौतम(मनोज) सहित फेसबुक ग्रुपमा रहेका ४९ जना सदस्यहरु रहनेगरि तदर्थ समिती गठन गरिएको थियो । निजगढ सेवा समाजले प्रतिव्यक्ति मासिक ५० कतारी रियाल संकलन बचत गर्दै समुहको रुपमा समेत आपसी साथ सहयोग र सापटी लिन मिल्ने गरि एक कार्यविधी बनाएर समूह संचालन गर्ने निर्णय समेत गरेको छ ।
नेता दंगाल केही दिन देखि प्रवासी मुलुक यु.ए.ई. लगायतको भ्रमणमा रहेका छन । सोही भ्रमणको क्रममा बारा सेवा समाज, कतारको संगठनको अभियानमा रहेका छन । नेता दंगाल यु.ए.ई. दुवाई पछि कतार स्थित नेपाली श्रमिकहरु संग भेटघाट तथा अभियानमा व्यस्त छन । भ्रमणमा रहेका दंगाललाई दुवाईमा पनि एक भेला मार्फत राजेन्द्र सापकोटा संयोजक रहनेगरी ५१ सदस्य निजगढ सेवा समाज, युएई गठन गरेका थिए। युएई भ्रमण सम्पन्न गरि एकहप्ता अगाडि कतार पुगेका दंगाललाई कतारमा रहेका नेपालीहरुले विशेष स्वागत गरिएको थियो । स्थानीयका हरेक समस्यामा सहयोगी बन्दै अग्रसर हुने दंगाल हाल विदेश यात्रामा नेपालीहरुको सुख दुख बुझ्दै खाडि मुलुकको यात्रामा छन। भ्रमणको क्रममा नेता दंगालले केहि दिनदेखी निजगढ र बाराबासीहरुसँग अनौपचारिक भेटघाट गर्दै शुक्रबार विशेष भेला मार्फत सो दुईवटा तदर्थ समिती गठन गरेका थिए । समितिको प्रमुख सल्लाहकारमा रविराज दंगाल समेत रहेका छन । दंगालले नेपालमा फास्ट ट्रयाक, एयरपोर्ट निर्माणको लागि दबाब अभियान कुशलता पुर्वक संचालन गरेका थिए भने, कोभिडको समय राहत तथा उद्दर कार्यको नेतृत्व गरि चर्चामा रहेका दंगालले हाल निजगढ नगरको प्रत्येक एक घर दुई एभोकाडो बिरुवा वितरण अभियान गत साल देखि संचालन गर्दै आएका छन । नेता दंगालले आफू प्रवासमा रहेका नेपालिहरुको वास्तविक पिडालाई बुझ्न आएको हुँदा आगामी दिनहरुमा सकारात्मक कार्यहरुमा सहकार्य गर्दै अगाडी बढन सबैसँग हातेमालो गर्न आफू तयार रहेकाले सहकार्य र सहयोगको लागि सबैलाई आग्रह गरेका थिए । कतार पछि साउदि अरबमा भ्रमणको तयारीमा रहेका दंगाल सोमबार बिहान कतार बाट बाहिरिने छन । भ्रमणमा रहेका दंगालले उपस्थिति सबैलाई नेपालको झण्डा पिन लगाई मायाको चिनो हस्तान्तरण गरेका थिए।





















Discussion about this post