नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाको भवन शिलान्यास

406
SHARES
534
VIEWS

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ९ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन बन्ने भएको छ । भवनको शिलान्यास समाजसेवी शम्भुबहादुर बुढाथोकीले वुधवार गरेका थिए । नेपाल रेड्क्रसको पुरानो भवनको पछाडी ६ कोठे भवन बन्न लागेको हो । मधेस प्रदेश सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय अन्तर्गतको अनुमानित सुरुवात २५ लाखमा ६ कोठे भवन निर्माण हुनेछ । भवन निर्माणका लागि मशेस प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रमबाट रु २५ लाख बजेट उपलब्ध गराएको उपशाखाले जनाएको छ ।
भवन शिलान्यास कार्यक्रममा प्रमुख अतिथि शम्भुबहादुर बुढाथोकी, निजगढ नगरपालिका वडा नम्बर ९ वडा अध्यक्ष रामचन्द्र कटुवाल, नेपाल रेड्क्रस सोसाइटी बारा जिल्लाका अध्यक्ष कृष्णप्रसाद पोखरेल, रेडक्रस शाखाका आजीवन सदस्य साधारण सदस्य र बुद्धिजीवी समाजसेवीलगायतका उपस्थिति रहेका थिए । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी निजगढ शाखा अध्यक्ष रुद्र धितालको सभ अध्यक्षतामा भएको थियो भने कार्यक्रम संचालन बद्री चिमोरियाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित