बारा । बाराको निजगढ ८ मा गत चैत २६ गते सोमबारदेखि राम चरित मानस सुरु कार्यक्रम बैशाख ५ गते बुधबार सम्पन्न भएको छ । श्री रामनवमीको शुभ अवसरमा ब्रह्मस्थान मन्दिर निर्माणार्थ राम चरित मानसको पहिलो दिन विहान कलश यात्रा निकालेर सुरु गरेका थिए ।
श्री राम नवमी सेवा समिति, निजगढ ९, बाराको आयोजनामा निजगढ ८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयको पुर्व तर्फ वागदेव जाने बाटोमा राम चरित मानस कथा बाचन विविध कार्यक्रम गरिएको थियो ।
बैशाख ५ गतेसम्म राम नवमीसम्म ९ दिन भएको तुलसी कृत राम चरित मानस नवाह पारायण प्रमुख वाचक पण्डित सुरेश रिसाल तथा उप–वाचक पण्डित विष्णु प्रसाद आर्यालको मुखार विन्दबाट प्रवचन तथा ख्याती प्राप्त कलाकारबाट देवलीला, झाकी लगायतका कार्यक्रम गरिएका थिए । श्यामबाबु साहको सभा अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा रहेका थिए । कार्यक्रममा निजगढ नगरपालिका कार्यापालिका सदस्य शर्मिला विश्वकर्मा, निजगढ महिला आवाजकी अध्यक्ष सावित्री तिमल्सिनालगाययले अतिथिको सन गरेका थिए । सावित्री तिमल्सिनाको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन भने सहदेव गौतमले गरेका थिए ।





















Discussion about this post