डम्बरपुर । बाराको निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले स्थानीय कलाकारहरु आफ्नो प्राथमिकता रहेको बताएको छ । नयाँ वर्ष २०८१ को पावन अवसरमा बारा संगीत कर्मी संघद्वारा हाई डम्बरपुर रिसोर्टमा आयोजित कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै अध्यक्ष घलानले यस्तो बताएको हो । उक्त कार्यक्रममा वडा अध्यक्ष घलानले बारामा जन्मिएर विविधि क्षेत्रमा स्थापित स्रष्टा, कलाकार र खेलाडीलाई आफुले सधै सम्मान र सयोग गरेको र अझै सहयोग गर्ने बताए । अध्यक्ष घलानले बाराको दुर्गम क्षेत्र वडा नम्बर १३ र बाराको उत्तरी क्षेत्रका नगरपालिकाले कलाकार, पत्रकार र राष्ट्रिय खेलाडी पाउँदा आफुलाई गर्व महसुस भएको बताए । उनले भने, ‘उहाँहरूले स्थानीय क्षेत्रका कलाकर्मीहरुलाई अझै साथ र सपोट्मा एक इन्च पनि कमी नगर्ने बताए । अध्यक्षले थप्दै भने आगामी दिनमा उहाँहरू आफू जन्मेको ठाउँको विकासका लागि योगदान गर्नुहुनेछ भन्ने आशा गरेको छु ।’ घलानले यस्तो कार्यक्रम सुरुवात मात्र भएको र आगामी वर्षदेखि निरन्तरता पाउनेमा जानकारी दिए । सिताकुमारी डिसी दुरुङ्ग च्याङ्गको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको असनलाई सम्बोधन गर्दै वडा अध्यक्ष घलानले उक्त कुरा व्यक्त गरेका थिए । मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष बद्री राउत समेत उपस्थियी रहेको सांस्कृतिक कार्यक्रममा विशिष्ट अतिथि र अथितिहरु निजगढ-१३ का वडा सदस्य दिपक न्यौपाने, संगीतकर्मी संघकी सल्लाहकार सुनमाया लोप्चन, रामकुमारी गोले, तनुजाकुमारी लो, हर्कबहादुर घलानलगायतका अतिथिहरुको उपस्थिति रहेका थिए । त्यस्तै गायक तथा गायिकाहरुमा पुरुषोत्तम मगर, लोकगायक बद्री राउत, गायक संगितकर्मीका सचिव विवेक बस्नेत र्हएका छन भने कलाकार तथा गायक/गायिकाहरुमा अमृत थापा, बिभामाया मगर, अम्विका सिग्देल, सुनमाया लोप्चन, भिमप्रसाद आचर्य, ओमनाथ आचर्य र शंखर राउत रहेका छन । सहभागी कलाकारहरूले आ-आफ्न गीतहरू म्युजिक ट्र्याकबाट रमाईला रमाईला गित संगीत प्रस्तुत गरेका छ्न ।





















Discussion about this post