नयाँ वर्षको अवसरमा राष्ट्रिय संगितकर्मी बाराद्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न

416
SHARES
547
VIEWS

डम्बरपुर ।  नयाँ वर्षको अवसरमा वारा संगितकर्मीद्वारा विविध सांगितीक तथा लाईभ दोहोरी कार्यक्रमगरि मनाएको छ ।
निजगढ नगरपालिका वडा नम्बर १३ स्थित हाई डम्बरपुर रिसोर्टमा आयोजित कार्यक्रम सिताकुमारी डिसी दुरुङ्ग च्याङ्गको अध्यक्षतामा भएको थियो । वरिष्ठ मधेस प्रदेश उपाध्यक्ष बद्री राउत समेत उपस्थित रहेको सांस्कृतिक कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले प्रमुख अतिथिको असन गरेका थिए । त्यस्तै औपचारिक कार्यक्रममा विशिष्ट अतिथि र अथितिहरु निजगढ-१३ का वडा सदस्य दिपक न्यौपाने, संगीतकर्मी संघकी सल्लाहकार सुनमाया लोप्चन, रामकुमारी गोले, तनुजाकुमारी लो, हर्कबहादुर घलानलगायतका अतिथिहरुको उपस्थिति रहेका थिए । त्यस्तै गायक तथा गायिकाहरुमा पुरुषोत्तम मगर, लोकगायक बद्री राउत, गायक संगितकर्मीका सचिव विवेक बस्नेत रहेका छन भने कलाकार तथा गायक/गायिकाहरुमा अमृत थापा, भिमामाया मगर, अम्विका सिग्देल, सुनमाया लोप्चन, भिमप्रसाद आचर्य, ओमनाथ आचर्य र शंखर राउत रहेका छन ।

सहभागी कलाकारहरूले आ-आफ्न गीतहरू म्युजिक ट्र्याकबाट रमाईला रमाईला गित संगीत प्रस्तुत गरेका छ्न । उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिलाउनाकालागी सो सांगीतिक कार्यक्रममा महिला पुरुषको जोडीमा व्याटल तथा लाईभ दोहोरी समेत प्रस्तुत गरेका थिए । हाई डम्बरपुर रिसोर्टको मुख्य सहयोगमा भएको सो कार्यक्रमको मुख्य उद्देश्य उक्त क्षेत्रमा पर्यटन भित्र्याउनु हो । सो क्षेत्रमा कोभिड र अहिलेको आर्थिक मन्दिले थलिएको पर्यटन तथा होटल व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले पनि सांस्कृतिक कार्यक्रमलाई सहयोग गरेको होटल रिसोर्ट संचालक दिपक न्यौपानेले बताए । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थानीय समुदायको विशेष प्रस्तुति राखिएको थियो ।
पर्यटनलाई आकर्षक गर्न सांस्कृतिक तथा सांगीतिक कार्यक्रमको आयोजना र नयाँ वर्षको स्वागत पुरानोलाई विदाई ।
नयाँ वर्ष विसं २०८१ को स्वागत तथा विसं २०८० को बिदाइका लागि हाई डम्बरपुर रिसोर्टमा आन्तरिक तथा बाह्य छिमेकी राष्ट्र भारतका पर्यटकलाई लक्षितगरि कार्यक्रमको आयोजना गरेको छ । शुभकामना आदानप्रदानसहित विभिन्न सांस्कृतिक कार्यक्रम गरेर रिसोर्टको प्राङ्गणबाटै नयाँ वर्षलाई स्वागत गरिएको थियो।


होटल हाई डम्बरपुर रिसोर्टले नेपाली नयाँ वर्ष मनाउ पर्यटन क्षेत्रमा रिसोर्ट संचालनको एक वर्षको अवसरमा नववर्ष शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा रमाउँदै निजगढ आसपासका स्थानीयहरुले नयाँ वर्षलाई भव्य स्वागत गरेका हुन्। नयाँ वर्षको स्वागतका लागि राति अबेरसम्म पर्यटक तथा स्थानीयहरु होट्ल रिसोर्टमा भरिभराउ थिए। नयाँ वर्ष मनाउन डम्बरपुरको शक्ति झरना क्षेत्रमा केही दिनदेखि पर्यटकको बाक्लो चहलपहल बढेको थियो । गत चैत २९ गतेदेखि शुरु नववर्ष आज सकिँदै छ। होटल हाई डम्बरपुर रिसोर्टका दिपक न्यौपाने र सुर्य दाहालले शक्तिखोलाको किनारबाट नेपाली नयाँ वर्षको भव्य स्वागत गरिएको बताए ।

बदलिँदो समय संगै नेपाली नयाँ वर्षलाई धुमधामका साथ मनाउने उद्देश्यले आयोजित कार्यक्रमबाट आन्तरिक तथा बाह्य पर्यटक आकर्षित भएको न्यौपानेको भनाइ छ।
संचालक न्यौपानेले भने, ‘पर्यटकीय र स्थानीय डम्बरपुरममा भव्य रूपमा नयाँ वर्षको स्वागत गरेका छौँ । हजारौँ स्थानीय तथा अन्तरिक पर्यटकले खुसी साट्नुका साथै रमाइलो र विभिन्न प्राकृतिक सौन्दर्यलाई अवलोकन गरेको को छ । अहिले नयाँ वर्ष मनाउने प्रमुख गन्तव्य शक्ति खोला भएको छ।’
नयाँ वर्ष तथा विभिन्न बिदाका कारण पनि आन्तरिक पर्यटकको सङ्ख्या बढेको र भारतीय पर्यटकको आगमन पनि बढेको उनले बताए। पर्यटनको चहलपहल बढेसँगै व्यापार व्यवसाय पनि बढेको छ । डम्बरपुरमा दोश्रो मुलुकका पर्यटक पनि उल्लेख्य बढेका छन् । नववर्ष सांगीतिक कार्यक्रमको प्रचार प्रासरकै कारण पर्यटक आगमन बढेको उनको भनाइ छ। नेपाली नयाँ वर्षलाई उत्लासमय बनाउँदै पर्यटन, संस्कृति र खानालाई विशेष जोड दिएर कार्यक्रमलाई मुख्य सहयोग गरिएको संचालाकले जनाएको छ।
सो रिसोर्टमा अर्डर अनुसार परम्परागत नेपाली खानाको प्रवर्धन, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारबाट पप कन्सर्ट, स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्यलगायत प्रस्तुति गरेको छ । होट्ल हाई डमबरपुर रिसोर्ट गत वर्षदेखि सुरु भएको बाराको डम्बरपुरमा १ वर्षदेखि सञ्चालनमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित