बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १० स्थित आयोजित दोश्रो ल्होछार कपलाई सफल हुन नगद ५५ हजार सहयोग गर्ने सहयोगी राजु तामाङ्ग योन्जनलाई सम्मान गरेको छ । निजगढ १० लाल स्थित भएको ल्होछार फुटवल प्रतियोगिता सफल बनाउन तामाङ्गले क्लबलाई सहयोग गरिएको थियो । खेल अवधीभर साथ र सहयोग गर्ने सहयोगीहरुको नामावली क्लबले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेको छ । सहयोगी दाता योन्जनलाई क्लबका पदाधिकारीहरु अध्यक्ष अशोक लामा, कुमार बहादुर मोक्तान, निक्सन लामा र सिद्दी लामालगायत काठमाडौ अन्तर्राष्ट्रिय बिमानस्थलमै पुगेर एक कार्यक्रमका विच सम्मान पत्रले सम्मान गरेको हो ।

योन्जन मलेसिया अवस्थित नेपाली फुटवल क्लब RTFC का अध्यक्ष तथा गैर आवासीय नेपाली संघ NRNA मलेसियाका युवा संयोजक समेत हुन । नेपालको झापा जिल्ला बिर्तामोड निवासी योञ्जनले सामाजिक उत्तरदायित्व हो भन्ने भावनाको समाजसेवी व्यक्ति हुन । क्लबले गरेको सम्मान पत्रमा लेखिएको छ । “योङ्ग स्टार थुनाइटेड क्लबद्वारा आयोजित दोश्रो ल्होछार कप खुल्ला नकाउट फुटवल प्रतियोगिता-२०८० लाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति यस क्लबलाई नगद रु. ५५,०००/- (अक्षरेपी पचपन्न हजार) सहयोग गर्नु हुने मलेसिया अवस्थित नेपाली फुटवल क्लब RTFC का अध्यक्ष तथा गैर आवासीय नेपाली संघ NRNA मलेसियाका युवा संयोजक झापा बिर्तामोड निवासी श्री राजु तामाङ योञ्जन ज्यूलाई विशेष धन्यवादका साथ यो सम्मान-पत्र प्रदान गरिएको छ । साथै आगामी दिनमा तपाईको निरन्तर सहकार्य एवम् सहयोगको अपेक्षा गरिन्छ ।” भनी लेखिएको छ ।
यस अघि योङ्ग स्टार फुटवल क्लबद्वारा संचालन गरेको ल्होछार कपलाई सहयोग पुर्याउदै आएका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई मायाको चिनो सहित सम्मान गरेको थियो । भने हाल नेपाल फार्किने क्रममा सहयोगी योन्जनलाई क्लबले एरपोर्ट्मा पुगी सम्मान गतेको अध्यक्ष अशोक लामाले जानकारेव दिए । यसै विच दाता योन्जनले क्लबलाई विकास गर्नका लागि आफुहरुबाट हुन सक्ने सबै सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।





















Discussion about this post