डिभिजन वन बाराद्वारा उपभोक्ताहरुलाई अभिलेख र लेखा सम्बन्धि दुई दिने तालिम सुरु

395
SHARES
520
VIEWS

बारा । डिभिजन वन कार्यालय बाराद्वारा उपभोक्ता समुहहरुकोलागी अभिलेख तथा लेखा व्यवस्थापन सम्बन्धि दुई दिने तालिम चैत्र २९ गते विहिबार सुरु भएको छ । डिभिजन वन निमित्त अधिकृत बिरेन्द्रप्रसाद यादवको सभा अध्यक्षता भएको सो तालिमको प्रमुख अथिती भने निजगढ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष स्वर्ण लामा रहेका थिए । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) निजगढ नगर उपाध्यक्ष धनबहादुर खुलालले कार्यक्रमको व्यानर पढेर उदघाटन गरेका थिए । सो तालिममा बारा सिभिजन शाखा अधिकृत मुनीप्रसाद यादव, निजगढ नगरपालिका वडा नम्बर ८ का वडा सदस्य शालिकराम ढुंगाना, विहिबारको लेखा प्रशिक्षक श्याम उदय ठाकुर, निजगढ सव डिभिजन वन अधिकृत रघुनाथ दासलगायतका अतिथिहरुले अतिथिको ग्रहण गरेका थिए । कार्यक्रममा डिभिजन वन निमित्त अधिकृत बिरेन्द्रप्रसाद यादव, निजगढ फेकोफन उपाध्यक्ष धनबहादुर खुलाल, बारा सिभिजन शाखा अधिकृत मुनीप्रसाद यादवलगायले वनमा हुनु पर्ने विधि र विधान बारे महत्त्वपूर्ण धारण राखेका थिए । शाखा अधिकृत मुनीप्रसाद यादवले स्वागत मन्तव्य राखेका कार्यक्रमको संचालन भने निजगढ सव डिभिजनका निमित्त अधिकृत निरज पोखरेलको रहेका थिए । उक्त तालिम गोष्ठीमा बारा जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधित्वगरि ४१ ओटा सामुदायिक वनको समितिहरुको सहभागीता रहेका थिए । तालिम निजगढ नगरपालिका वडा नम्बर ८ स्थित बकैया नागमणी सामुदायिक वन उपभोक्ता सनुहको सभा हल सन्चालन भैइरहेको छ । सो बैकैया नागमणी सामुदायिक वन वाराको निजगढको भमरा निजगढ सव डिभिजन वन अन्तर्गत पर्दा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित