बारा । नयाँ वर्षको अवसरमा वारा संगितकर्मीद्वारा विविध सांगितीक कार्यक्रम हुने भएको छ ।
निजगढ नगरपालिका वडा नम्बर १३ स्थित हाई डम्बरपुर रिसोर्टमा नयाँ वर्ष २०८१ को अवसरमा सांस्कृतिक कार्यक्रम गर्ने जानकारी रिसोर्ट संचालक दिपक न्यौपानेले दिएको हो ।
होटल रिसोर्ट संचालक प्रमुख अधिकारी न्यौपाले आर्थिक मन्दिका कारण थलिएको पर्यटन तथा होटल व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले पनि सांस्कृतिक कार्यक्रम आयोजनालाई सहयोग गरेको बताए । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले स्थानीय समुदायको विशेष प्रस्तुति राखिने छ ।
चैत्र ३० गतेको मुजिकल रमाइलो र बैशाख १ गते हुने सांस्कृतिक कार्यक्रममा बाराका कलाकारको प्रस्तुति हुने आयोजकले जनाएको छ ।
होट्ल हाई डमबरपुर रिसोर्ट गत वर्षदेखि सुरु भएको बाराको डम्बरपुरमा १ वर्षदेखि सञ्चालनमा रहेको छ ।





















Discussion about this post