मधेश । काठमाडौँको भद्रकालीमा शनिबार प्रदर्शनको क्रममा लामा भिक्षुमाथि भएको दुर्व्यवहारकाे छानबिन हुने भएको छ । भिड नियन्त्रणमा खटिएका प्रहरीले लामा भिक्षुलाई अपमानजनक ढंगले लात्ताले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भैइरहेको छ ।
भद्रकालीको घटनाबारे छानबिन गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले केही संचारलाई बताएको छ । प्रहरी वरिष्ठ उपरीक्षक खत्रीले भने– ‘सो घटनाबारे छानबिन गर्छु ।’
राजेन्द्र महतो, सुमन सायमी र रवीन्द्र श्रेष्ठले नेतृत्व गरेको प्रदर्शनमा झडप हुँदा नगर प्रहरी कार्यालयमा कार्यरत जवान रामसिंह बोहरा घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनमा तामाङ मुक्ति बाहिनीको ब्यानरमा लामा भिक्षुहरू पनि प्रदर्शनमा सहभागी थिए ।





















Discussion about this post