एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय बिजयी

390
SHARES
513
VIEWS

बारा । नेकपा एमाले बाराको अध्यक्षमा अध्यानन्द पाण्डेय बिजयी भएका छन् । पाण्डेयले प्रतिस्पर्धि टिना सुबेदीलाई ३४ मतले पराजित गरेको छ । नेकपा एमाले बाराको कुल ८३३ मतदाता रहेकोमा अधिबेशनमा कुल ७२० जनाले मतदान गरेका थिए । गएराती सम्पन्न मत गणनाको परिणाम अनुसार अअध्यक्षमा बिजयी पाण्डेयले ३७७ पाउँदा सुवेदीले ३४३ मत ल्याउन सफल भईन् ।
पार्टीले गुट बनाएर लड्न नपाउने भनेपनि संस्थापन समूह र ईतर समुहले छुट्टा छुट्टै समुहनै बनाएर प्रतिस्पर्धा गरेका थिए । संस्थापन समुहको नेतृत्व पोलिटब्युरो सदस्य अच्युत मैनाली र ईतरको नेतृत्व पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले गरेका थिए ।
पदाधिकारीमा भने सबै सुबेदी समुहका बिजयी भएका छन् । बिजयी भएका पाण्डेय लगातार तीन कार्यकाल सचिब चलाएका ब्यक्ति हुन्, भने स्थानिय तहको कर्मचारी त्यागेर राजनितिमा अएकी सुबेदी एमाले बाराको उपाध्यक्ष थिईन् ।
चैत्र १९ गते देखि शुरु भएको ११ औ बारा जिल्ला अधिबेशनमा पटक पटक सहमतिको प्रयास गर्न खोजेपनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।
सुबेदी प्यानलबाट उपाध्यक्ष, सचिब, उपसचिब र महिला उपसचिब बिजयी भएका छन । पाण्डेय समुहका उपाध्यक्ष नारायण गौतमले ३४० मत ल्याउदा सुबेदी प्यानलका भुलन चौधरीले ३६४ मत ल्याई बिजयी भए ।
त्यसैगरी सचिव पदमा सुवेदी प्यानलका अमृत शर्मा बजगाई बिजयी भएका छन । बजगाईले ३६३ मत ल्याउदा प्रतिस्पर्धि एम समिउल्लाहले ३२६ मत ल्याउन सफल भए ।
त्यसैगरी उपसचिव खुल्लामा सुबेदी प्यानलकै जवाहिर अन्सारी बिजयी भएका छन । अन्सारीले ३५७ मत ल्याउदा अर्का प्रतिस्पर्धि धनिराम चौधरीले ३४१ मत ल्याउन सफल भए ।
त्यसै पदाधिकारी तर्फनै महिला उपसचिव भावना आचार्य बिजयी भएकी छिन । आचार्यले ३६८ मत ल्याउदा प्रतिस्पर्धि कमला घिमिरेले ३२५ मत प्राप्त गरिन् । सदस्यहरुको मत गणना गर्न बाकी रहेको छ । आज आईतवार सदस्यहरुको मत गणना गरिने निर्वाचन समितिका सदस्य गोकुल घोरसाईनेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित