रतनपुर । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ का स्थानीय समाजसेवी युवा विरमान थिङ्गले श्रमिकहरुलाई सम्मान गर्दै नयाँ वर्षको उपहार स्वरुप श्रमिकलाई पोशक वितरण गरेको छ । । समाजिक अभियानको रुपमा परिचीत थिङ्गले वडाको पश्चिम रुम्बा टोल विकास उपभोक्ता समितीद्वारा निर्मणाधिन एजिङ्ग वालमा कार्यरत श्रमजीवी श्रमिकलाई उक्त श्रमिक पोशाक हस्तान्तरण गरेका हुन ।
नियमित रुपमा कामलाई प्राथमिकतामा राखी काम गरेको भन्दै श्रमिकहरु र उनीहरुको श्रमलाई सम्मान गर्दै आगामी दिनमा थप प्रभावकारी ढंगले श्रममा लाग्न उत्प्रेरण प्रदान गर्ने उद्देश्यले युवा समाजसेवी थिङ्गले उनीहरुलाई सम्म्मानका साथ उपहार भेष्ट प्रदान गरेको जनाएको छ ।
श्रम गर्ने श्रमिकहरु मध्ये अधिकांसले फाजुल खर्च गर्ने गर्दछन् । त्यस्ता श्रमिकहरुलाई समेत त्यस्तो अनावश्यक खर्चबाट अलग राखी सहज, सरल र सम्मानजनक रुपमा समाजमा बाँच्न पाउने अधिकारको सुनिश्चत गर्नका लागि पनि थिङ्गले श्रमिकहरुको खोजी गरी सम्मानको थालनी गरेको हो । थिङ्गले उनीहरुलाई जनही १ हजार रुपैयाँ नगदसहित पोशाक वितरण गरी सम्मान गरेको छ । हाम्रो समाजमा श्रमिकलाई अपमान गरिन्छ, श्रमिकहरु जाडिया र जाड रक्सी खाने भन्दै गाली गरिन्छ । श्रमलाई हाम्रो समाजमा अपमान गरिन्छ । तर रतनपुरका युवा समाजिक अभियानका समाजसेवी थिङ्गले भने ठिक उल्टो कामगरि श्रमिकलाई सम्मान गरेको छ । श्रमिकहरुलाई थप उर्जा र प्रोत्साहनका निम्ति एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको थियो । स्थानीय समाजसेवी भनेकै जनताहरुको दुःखमा साथ दिने, सुसंस्कृत समाज निर्माण गर्ने, विकृति विसंगति हटाउने, समाजमा मेल मिलापको वातावरण बनाउने, जनताको अविभावकत्व ग्रहण गर्ने भएकाले नव युवा पुस्ताका थिङ्गले श्रमिकलाई सम्मान गरेका छन । श्रमिकहरुको विचारलाई सही काममा मोड्नको लागि पहिलो पटक यो अभियान शुरु गरिएको पश्चिम रुम्बा टोल उपभोक्ता संयोजक समेत रहेका थिङ्गले बताए । गाउँघरमा रहेका विकृति विसंगति हटाई सभ्य समाज निर्माण गर्ने जिम्मेवारी अब युवाहरुको काँधमा आएको समेत थिङ्गले बताए । निजगढ नगरपालिकाको बजेट मार्फत सो क्षेत्रमा १ सय ११ मिटर एजिङ बाल निर्माण बैइरहेको छ ।





















Discussion about this post