निजगढ नगरद्वारा सडक छेउमा अन्नबाली नसुकाउन र सामग्री हटाउन सुचना जारी

420
SHARES
552
VIEWS

उमेश घल/बारा । बाराको निजगढ नगरपालिकाले नगरपालिका अन्तर्गतका सडक छेउछाउका सामग्री हटाउन र सडकमा अन्नबाली नसुकाउन सूचना जारी गरेको छ । चैत्र २३ गते शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै आफ्नो नगरपालिका मातहत भित्रका सडक छेउछाउका सामग्री हटाउन भनेको हो । सडक छेउछाउमा तथा सार्वजनिक स्थानमा घडेरी खारी सडकमा थुपारेको माटो, निर्माण सामग्रीहरू बालुवा, ढुङ्गा, गिट्टी आदि हटाई आफ्नै घरको आँगनमा राख्न र अन्नबाली सुकाउन सूचनामा भनिएको छ । प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाको हस्ताक्षरित उक्त सूचना जानकारी गरेको छ । त्यस्तै सूचनालाई वेवास्ता गरी उक्त कार्य गरेका कारणले कुनै किसिमको दुर्घटना भएमा सोको सम्पूर्ण जिम्मेवारी सडकमा अन्नबाली सुकाउने तथा निर्माण सामाग्री राख्खे व्यक्ति स्वयंले लिनुपर्ने व्यहोरा समेत सूचनामा लेखिएको छ । सडकमा मकै सुकाएकै कारण निजगढका भित्री सडकहरूमा दुर्घटना हुने गरेको छ । त्यस्तैगरि सडक निर्माणलगायतको सामग्रीले स्मर्ट सिटी निजगढ नगर कुरुप बनेको छ । अन्नबाली मात्र नभई पुर्व पश्चिम राजमार्गमा सडकबाट मानिस हिँड् डुल गर्दा धेरै दुर्घटना जोखिम भैइरहेको छ । सो जोखिमलाई न्यूनीकरण गर्नका लागि भएपनि निजगढ नगरले यस्ता ठेला तथा फुट्पाथ पसल हटाउन सहस वा एकशन लिनु पर्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित