निजगढ बारा । नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल तामाङ संघको मधेश प्रदेश संयोजकमा सुर्य घलान मनोनीत भएको छ । नेपाली कांग्रेसका भातृ संस्था नेपाल तामाङ्ग नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति प्रतिधिनित्व गर्ने पार्टीको संगठन हो । नेपाल लोकतन्त्रवादी आदिवासी महासंघ केन्द्रीय कार्यालय ललितपुरमा बसेको समितिले घलानलाई मनोनीत भएको घोषणा गरेका थिए ।
निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष समेत रहेका घलान । नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समन्वय समितीका बहलवाला अध्यक्ष पनि हुन । घलान हल दोश्रो पटक वडा अध्यक्ष र घेदुङ्ग बारा अध्यक्षमा निर्वाचित बहलवाला अध्यक्षतामा बाराका विभिन्न क्षेत्रहएउमा क्रियाकलापहरु संचालन गर्दै आईरहेका छन । नेपाल तामाङ्ग संघ केन्द्रिय सभापति रामकृष्ण लामाले घलानलाई मनोनीत गरेको हो । नेपाल लोकतन्त्रवादी आदिवासी महासंघ केन्द्रीय कार्यालय ललितपुरमा एक कार्यक्रमको विच घलानलाई लोकतान्त्रिक आदिवासी महासंघका सभापति ओम घर्ती मगरले प्रदेश संयोजकमा मनोनीत भएको पत्र प्रदान गरेका थिए । कांग्रेस भातृ नेपाल तामाङ संघको संगठन निर्माण र विस्तार गरी तामाङ समुदाय, नेपाली काँग्रेस, लोकतन्त्र र मुलुकलाई समृद्ध बनाउनको लागि हामी निरन्तर लागि रहेका समेत पत्रमा उल्लेख छ । पत्रमा लेखिएको छ “यसै क्रममा तपाई श्री सूर्य घलान तामाङ (बारा) लाई यस नेपाल तामाङ संघको मधेश प्रदेशको संयोजकमा मनोनयन गरेको छु । र प्रदेश संयोजकमा मनोनयन हुनुभएकोमा बधाइ ज्ञापन गर्दै नेपाली काँग्रेसको नीति, विचार र विधान अनुसार कार्य सम्पन्न गर्नुहुनेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछु ।” भनी पत्रमा उल्लेख गरिएको छ ।





















Discussion about this post