नेपाल तामाङ घेदुङको सचेतनामूलक अभियानले तामाङ जातिमा जागरण शुरु : घेदुङ बाराका अध्यक्ष घलान

406
SHARES
534
VIEWS

उमेश घलान/बारा । नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य घलानले नेपाल तामाङ घेदुङको अभियानले तामाङ जातिलाई सशक्तीकरण हुन सहयोग पुर्याएको बताए । नेपाल तामाङ युवा घेदुङ्ग बाराको चौथो अधिवेशनको अवसरमा अध्यक्ष घलानले यस्तो बताएको हो ।  नेपाल तामाङ्ग युवा घेदुङ बाराले शनिवार आयोजना गरेको सो अधिवेशनमा घलानले तामाङ्ग अब सबै क्षेत्रमा लाग्न खुट्टा नकमाउले भैइसकेको बताएको छ । अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै घलानले तामाङ घेदुङले सञ्चालन गरेको सचेतनामूलक अभियानले पछिल्लो समयमा तामाङ जाति पनि क्रमशः राज्यको हरेक क्षेत्रमा पुग्न आँट गरेको बताउँदै तामाङ घेदुङ अझै सक्रिय भएर अघि बढ्नु पर्नेमा जोड दिए । उनले तामाङ जाति आफै पछि परेको जाति नभै राज्यको नीतिको कारण पछि परेको वा पारिएको बताए । अध्यक्ष घलानले पृथ्वीनारायण शहले ल्याएको मुलुकी ऐन १९१० पढन सबै तामाङ्गलाई अनुरोध समेत गरेको छ । अध्यक्ष घलानको अनुसरण मुलुकमा लोकतन्त्र गणतन्त्र आए पछि वनेको समावेशी संविधानले दिए पनि तामाङ जाति मात्र नभएर सिङ्गो आदिवासी जनजातिहरू राज्यको पहुँचमा पुग्न नदिएक दाबी गरे । हरेक जातिले सभ्य नागरिकको परिचय दिन शिक्षा क्षेत्रमा जोड गर्न सके राज्यद्वारा पछि पारिएका समुदाय राज्यको हरेक निकायमा पुग्न सक्ने समेत बताए । अध्यक्ष घलानले अब हाम्रो पर्व सोनाम ल्होसार हो र दशै तिहार जस्ता पर्वहरुलाई त्यग्नु पर्नेमा अंकित गरे । त्यस्तै अध्यक्ष घलानले तामाङ्ग जातिहरूको मौलिक चाडपर्वहरूमा नेपाल सरकार र स्थानीय सरकारले बिदा नदिएको गुनासो समेत व्यक्त गरे । उनले तामाङ्गलगायत अन्य जनजाति समुदायको मौलिक पर्वहरूमा विदा दिन तामाङ्ग बहुदलीय भएको स्थानीय तहले अलटल गर्दै आएको प्रति आपत्ति जनाए । जनजातिहरूको मौलिक पर्वहरूमा बिदा नदिने गरेको भन्दै त्यसो नगरी राज्यले सबै नागरिकलाई समान व्यवहार गर्न संघीय र स्थानीय सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित