उमेश घलान/रतनपुर । बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ११ मा रतनपुर सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । सव डिभिजन वन कार्यालय रतनपुरको आयोजनामा सव डिभिजन वन कार्यालय स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो ।
आर्थिक बर्ष २०८१/०८२ को लागि जिल्ला डिभिजन वन निर्देशनालय मार्फत रतनपुर क्षेत्रका सामुदायिक वनमा उद्योग, पर्यटन, वन तथा वातावरण डिभिजन वन कार्यालय सिमराबाट बजेट विनियोजनको लागि उक्त योजना तर्जुमा गोष्ठीले मद्दत पुग्ने डिभिजन वन कार्यालयका प्रमुख निरज साहले विश्वास व्यक्त गरेका छन् । जनप्रतिनीधि, स्थानीय स्थित राजनीतिक दलका नेता, सामुदायिक वन उपभोक्ता समुह लगाएतका सरोकारवालाहरुको सहभागितामा सम्पन्न गोष्ठीले छनौट गरिएका योजनाहरु बस्तुवादी र बैज्ञानिक हुने कार्यालय प्रमुख साहले भनाई राखेका छन् ।

कार्या योजना तर्जुमाकोलागि सोही क्षेत्रको सामुदायिक वनको अध्यक्षसहित पदाधिकारीहरुको बिशेष उपस्थितिमा सम्पन्न भएको योजना तर्जुमा गोष्ठीमा फेकोफन निजगढ नगर उपाध्यक्ष धनबहादुर खुलाल गोले, निजगढ सव डिभिजनका प्रतिनीधि निराज पोखरेल वन कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यसैगरी उक्त गोष्ठीमा निजगढ नगरपालिका नगरपालिका–११ की वडा सदस्य मनमाया श्रेष्ठलगाएतका जनप्रतिनीधिहरुको समेत उपस्थिति रहेको थियो । साथै गोष्ठीमा विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र सामुदायिक उपभोक्ता समुहका प्रतिनीधिहरुको सहभागिता रहेको थियो ।
सम्पन्न योजना तर्जुमा गोष्ठीले उद्योग, पर्यटन, वन्यजन्तु संरक्षण, भु–क्षय संरक्षण, वातावरण संरक्षण, भौतिक संरचना निर्माणलगाएतका क्षेत्रगत विषयसंग सम्बन्धित योजना छनौट गरेको कार्यालय प्रमुख साहले जानकारी दिएका छन् । गोष्ठीले योजना छनौट गर्नुको साथै छनौट गरिएका योजनाहरुको लागत अनुमान गरेको छ । छनौट गरिएका योजनाबाट हासिल हुने लाभ तथा लाभाम्बित घरधुरी संख्याको किटान गरेको कार्यालय प्रमुखले जानकारी दिएका छन् । बस्तीको माग र भुगोलको आबश्यकताका आधारमा छनौट गरिएका योजनाहरु नभएर चोरदुलोबाट समावेश गरिएका योजनाहरु स्वीकृत भएर आउने परिपाटीको अन्त्य हुनुपर्ने र गर्नुपर्ने गोष्ठीका सहभागीहरुले भनाई राखेका थिए ।





















Discussion about this post