निजगढ । बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर ४ को सहयोगमा दलित समुदायलाई आरन जन्य सामग्री वितरण गरेको छ । बागभैरव सामुदायिक बन उपभोक्ता समितिको सभाहलमा एक कार्यक्रम आयोजनागरी निजगढ क्रियटिभ स्किल डेभलपमेन्ट प्रा.लि.ले सो सामग्री वितरण गरेको हो । निजगढ नगरपालिका वडा नम्बर ४ कार्यालयको आर्थिक सहयोगमा वडा भित्रका “दलित महिला तथा विपन्न लक्षित कार्यक्रम”अन्तरगतबाट वडाका विपन्न दलित समुदायलाई उक्त सामाग्री वितरण गरेको वडा अध्यक्ष विशन सापकोटाले जानकरी दिएको छ ।
पछिल्लो समय युवा पुस्ताले यो आरन पेशालाई चासोको रुपमा नलिएकाले यसलाई आधुनिकीकरण पद्धतिमा सहजता र आय आर्जनमा अवृद्धि, सम्बर्द्धन र प्रबर्द्धन गराउने अपेक्षा लिएको वडा अध्यक्ष सापकोटाले बताए । त्यस्तैगरी वडामा आरन पेशा गर्दै आएका १२ जना व्यावसायिहरुलाई वेल्डिङ्ग मेसिन ७ थान, एङ्गल ग्राईन्डर मेसिन १० थान र (हावा फ्याँक्ने) इलेक्टि्रकल ब्लोअर मेसिन ७ थान गरिएको जनाएको छ ।
निजगढ क्रियटिभ स्किल डेभलपमेन्ट प्रा.लि. निजगढका प्रबन्धक बिष्णु गोपल रिसालको सभा अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी भने निजगढ नगरपालिका वडा नम्बर का वडा अध्यक्ष बिशन सापकोटाले प्रमुख अतिथी ग्रहण गरेका थिए । त्यसतैगरी अतिथीहरु समाजसेवी महेशी कुमर, बेनि बहादुर मोक्तान, निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य मिना चौँरेल, अरुणा विश्वकर्म, शर्मिला विश्वकर्म,वडा सदस्य सागर गौतम, राजसेन कुमर, सुमित्रा विश्वकर्म, समाजसेवी रुपेश कुमार चौधरी, राज कुमार कार्की र अमर बहादुर अधिकारी लगायतले अतिथ्यताको ग्रहण गरेका थिए । कार्यक्रमको स्वागत भने संस्थाका व्यवस्थापक बलराम खड्काले गरेका हुन । कार्यक्रमलाई सम्बोधनमा वडा अध्यक्ष बिसन सापकोटा, समाजसेवी महेशी कुमर, बेनि बहादुर मोक्तान, निजगढ नगरपालिका कार्यपालिका सदस्य मिना चौँरेल,अरुणा विश्वकर्म र शर्मिला विश्वकर्मलगायतले दलित, विपन्न र पिछडा वर्गको बारेमा महत्त्वपूर्ण मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक बलराम खड्काले गरेका थिए ।





















Discussion about this post