रतनपुर/बारा । नेकपा एमाले बारा निजगढ नगर कमिटी सदस्य हिरालाल थिङ्गको मंगलबार अचानक निधन भएको छ ।
ब्लड प्रेसर रोगबाट थिङ्गको मंगलबार राती उपचारको क्रममा विरगंज नेशनल मेडिकल कलेजमा निधन भएको नेकपा एमाले निजगढ नगर कमिटीका सचिव तिलक घलानले जानकारी दिएका छन् ।
घरमा एक्कसी बेहोस भएका थिङ्गको विरगंजस्थित नेशनल मेडिकल कलेजमा उपचारलागि बायोधा हासिलबाट रेफर गरेका थिए । निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालमा स्थायी घर भएका थिङ्ग गणतन्त्र नेपालको पहिलो स्थानीय तहको चुनाव २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी एमालेको सुर्य चिन्हबाट खुल्ला पुरुष वडा सदस्यमा प्रत्यसी उम्मेदवार समेत बनेका थिए । भक्तलालमा उनलाई गाउको पुजारी, बोन्बो, झाँक्री, शालिन र इमान्दार नेताको रुपमा उनको छबी थियो । २०६२ साल देखि बारा जिल्लाको सामाजिक अभियान र नेपालको कम्यूनिष्ट आन्दोलनमा सक्रिय योद्धाको रुपमा चिनिन्छन् । थिङ्गको एक छोरी र तीन छोराहरु छन । भने तीन छोरा मध्य दुई छोरा नेपाल बहिरा छन । साथमा एक छोरा र एक छोरी रहेका छन । थिङ्ग समाजमा भएका हरेको बिकास कार्यमा आफुलाई सहभागी जनाउथे।
अन्याय अत्यचारको बिरुद्धमा अडीक भएर उभिने एउटा नेकपा एमालेका असल अभिभावक समेत थियो ।
पार्थित शरिरमा नेकपा एमाले निजगढ नगर कमिटी सचिव तिलक घलानले पार्टीको झन्डा ओडाएका थिए । श्रद्धाञ्जलीमा वडा कमिटी अध्यक्ष कमान थिङ, मिलन स्याङ्तनले पार्टीको झण्डा ओडएको थियो।
सचिव घलानले श्रध्दाञ्जलि अर्पण गर्दै थिङको आत्माको चिर शान्तिको कामना गरेका थिए । घलानले “उनको अकल्पनिय मृत्युबाट सिङ्गो नगर वडा कमिटी उनी प्रति श्रदा अर्पण गरेका थिए ।
झन्डा ओडाउदै नगर सचिव घलानले कमरेड थिङले बोकेको अधुरा सपना पुरा गर्न हिजो संगसंगै निर्वाचन लड्ने साथी गुमाएको पिडा ब्यक्त गरे ।
घलानले उहाको सपना पुरा गर्न सिङ्गो कमिटी र आफु अझै अट्ल भएर लाग्ने दृट्ता ब्यक्त समेत गरेका थिए ।”
निक्कै भाबुक बन्दै बोलेका सचिव घलानले परिवार जनमा भगवानले धर्य धारण गर्ने शक्ति मिलोस, भन्दै परिवारको साथ पार्टी रहने प्रतिबद्धतासहित आत्माको चिर शान्तिको लागि १ मिनेट मौन धारण समेत गरेको थियो ।
Discussion about this post