बारा तामाङ घेदुङको वडा समिति गठन तितुङ्गको अध्यक्षतामा २३ सदस्यीय चयन

410
SHARES
539
VIEWS

उमेश घलान/रतनपुर । नेपाल तामाङ घेदुङले बारा निजगढ १३ मा वडामा समिति गठन गरेको छ । दोर्जे लामा तितुङ्गको अध्यक्षतामा २३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । संगठनको वडास्तरका समिति विस्तार गर्ने क्रममा घेदुङको नगरस्तरीय भेलाले वडा नं. १३ मा समिति गठन गरेको हुन ।


वडा नं १३ मा दोर्जे लामा तितुङ्गको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरिएको हो । समितिको महिला उपाध्यक्षमा सुनमाया घिसिङ्ग र पुरुष उपाध्यक्षमा भक्तबहादुर गोङ्बा सचिवमा जयबहादुर स्याङ्ता, सहसचिवमा दोर्जे लामा पाख्रीन र कोषाध्यक्षमा पात्तली माया घलान चयन भएको छ । त्यसतैगरी सदस्यहरुमा ज्ञानबहादुर लामा, सुरेश पाख्रीन, सन्त घिसिङ, डिलबहादुर बल, विजयमान मोक्तान, हिरालाल घलान विजय स्याङ्तान, सुश्मा स्याङ्तान, रामबहादुर थोकर, सेतेबहादुर तामाङ्ग, जगत बल, महेन्द्र बोम्जन, रामबहादुर भोलोन, बाबुलाल थिङ्ग, मर्स्याङ भोलोन, ज्यानबहादुर बल, फुलमाया तामाङ चयन भएका छन् । नेपाल तामाङ घेदुङ मधेश प्रदेश अध्यक्ष यमलाल गोलेको प्रमुख आतिथ्यता एवम् निजगढ नगर समितिका अध्यक्ष शंकर थोकरको अध्यक्षतामा भएको थियो । त्यस्तै कार्यक्रममा मधेश प्रदेश उपाध्यक्ष सुनमाया लोप्चन, बारा जिल्ला समन्वय समितिका अध्यक्ष सुर्य घलान, सचिव हिरा दोङ्ग, जितपुरसिमरा उपमहानगरपालिकाका उपाध्यक्ष साजन लामा, सचीव तिलक जिम्बालगायतले कार्यक्रमको महत्त्वपूर्ण मन्तव्य राखेका थिए ।

गत चैत १ गते निजगढ नगरपालिका वडा नम्बर १ र २ वडाबाट सुरु गरिएको सो वडा गठन अभियान चैत १३ गते निजगढ वडा नम्बर १३ पुगेर निजगढका वडाहरुको गठन सम्पन्न गरेको छ । अब बारा नेपाल तामाङ्ग घेदुङ्गले जिल्ला युवा गठनको तयारीमा रहेको छ । नेपाल तामाङ्ग युवा घेदुङ्ग जिल्ला समितिको गठनको क्रममा निजगढका १३ वटै वडाका कमिटीका पदाधिकारीहरुलाई समितीको जिम्मेवारी तथा सपथ ग्रहणको कार्यक्रम गर्ने बारा घेदुङ्गले योजनाको तयारीमा जुटदै छन ।
त्यस्तै नेपाल तामाङ घेदुङ बारा जिल्ला समन्वय समितीका अध्यक्ष सुर्य घलानले बाराको १६ वटा पालिकाहरुको सबै वडाहरुमा संगठन मार्फत तामाङ जागरण अभियान संचालन गर्ने उद्देश्यका साथ संचालन गरेका हुन । बारा घेदुङ्ले उक्त तामाङ जागरण अभियान अन्तर्गतको कार्यक्रमलाई प्राथमिकतामा राखी हाल निजगढका विभिन्न वडाहरु वडा सम्मेलन प्रथम वडा भेला मार्फ तामाङ समुदायलाई जगाउदै वडा गठनमा निजगढ क्षेत्रको चैत १३ गते मंगलबार गठन गरेका छन । सो अभियान मार्फत अध्यक्ष सुर्य घलानले तामाङ समुदाय अब जागरुक हुने पर्नेमा तालिम समेत दिईरहेका छन । ताम्सालिङ भूमिलाई केन्द्रीत गरेर नेपाल तामाङ घेदुङ बाराले जागरण तथा संगठन निर्माण अभियान सुरु गरेको हो । नेपाल तामाङ्ग बाराले सामाजिक मुद्दा सहितको राजनीतिक  र विचार सहितको सामाजिक जागरण भन्ने नारा दिइएको उक्त अभियानमा पहिलो चरणको यो कार्यक्रम सञ्चालन गरेको छ । बारा घेदुङ अध्यक्ष घलानको  अनुसार पहिलो चरणमा ताम्सालिङ जागरण अभियान निजगढमा तामाङ बसोबास रहेको बाराका सबै पालिकाहरुको वडाहरुमा संगठन निर्माण गर्ने छ । दोस्रो चरणमा साँस्कृतिक कार्यक्रम सहितको ताम्सालिङ जागरण सभाहरु सम्पन्न गर्ने र तेस्रो चरणमा निश्चित कार्यकर्तालाई (विशेष युवा लक्षित) प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । संगठन निर्माणको लागि बारा जिल्लामा विभिन्न  समूहमा विभाजित गरी बाराका कार्य समितिका पदाधिकारी, नगरका कार्यसमिति र भातृसंगठन समितीका सदस्यहरुले ताम्सालिङ्ग भुमी जागरण अभियान अन्तर्गतको संगठन निर्माणमा जुटिरहेका छन । संगठन निर्माण सम्पन्न लगत्तै जागरण सभा सञ्चालन गरिने छ ।
जागरण सभामा ताम्सालिङ भूमि, समुदायको पहिचान, अधिकार, बिगतमा तामाङमाथि भएको उत्पीडन, शैक्षिक चेतना जगाउने, समाजको बिकृति, बिसंगति बिरुद्धका गीत, प्रशिक्षण गरिनुका साथै अभियानमा तामाङ बक्ता र पहिचानवादी गैर तामाङ बक्ताहरुलाई समेत लाने घेदुङ बाराको योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित